Advertisement

पूर्व राष्ट्रपति जुमाको रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन जारी

0 1,097

Advertisement

२९ असार, एजेन्सी । पूर्व राष्ट्रपति याकुब जुमाको रिहाइको माग गर्दै विभिन्न प्रदर्शन र हिंसाका घटना बढ्न थालेपछि दक्षिणी अफ्रिकाका विभिन्न शहरमा सेना परिचालन गरिएको छ ।

भ्रष्टचारको अभियोगमा छानविनका लागि अदालत उपस्थित हुन इन्कार गरेसँगै जेल सजाय सुनाइएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँका समर्थकहरुले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनहरु हिंसात्मक रुपमा अघि बढेको भन्दै प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको थियो । तर, स्थिति नियन्त्रण बाहिर जान थालेको भन्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो ।

विभिन्न लुटपाट र चोरीका घटनाहरु पनि बढ्न थालेको भन्दै सरकारले योहानिसबर्गको आर्थिक केन्द्रसहित दुई प्रान्तमा सेना परिचालन गरेको जनाएको छ ।

पछिल्लो एक सातामा सुरक्षाकर्मीको कारवाहीमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने र्दुइ सयभन्दा बढी पक्राउ परेका छन् । ८९ वर्षिय पूर्व राष्ट्रपति जुमा सन् २०१८ अघि नौ वर्ष सत्तामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पति आर्जन गरेको भन्दै अदालतले छानविन थालेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.