Advertisement

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

0 2,378

Advertisement

२८ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओ भर्ने आज सोमबार(असार २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले माग गरेकोभन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन आजदेखि बन्द हुने भएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार हिजाे (असार २७ गते) अपरान्ह ५ बजेर २० मिनेटसम्ममा १८ लाख ३५ हजार ६ सय ५६ जनाले आवेदन दिएका हुन् ।

यो अवधिसम्ममा उनीहरुले २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन कम्पनीले जारी गरेको भन्दा ५.०८ गुणाले बढी हो ।

इन्स्योरेन्सले असार २४ गतेदेखि कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । त्यसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएको छ ।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.