Advertisement

आदेश आज आउने सम्भावना

0 205

Advertisement

२८ असार, काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सोमबारका लागि पेसी तोकेको छ । पक्ष विपक्ष तथा एमिकस क्युरीको रायसमेत सुनेपछि असार २१ गते सर्वोच्च अदालतले रिटलाई हेर्दा हेर्दैमा राखेर सोमबारका लागि पेसी तोकेको थियो । सम्भवतः सर्वोच्चले रिटमा अन्तिम आदेश सोमबार नै गर्ने छ ।

इजलासमा सम्मिलितमध्ये न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई अन्तिम आदेश तयारीमा संलग्न भइरहेको सर्वोच्च स्रोतले बताएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म रिटको निरन्तर सुनुवाइ भएको थियो ।

निरन्तर सुनुवाइ सकिएपछि न्यायाधीशबीच आवश्यक परामर्श र अन्तिम आदेश तयारीका लागि एक साताको समय राखेर हेर्दा हेर्दैमा पेसी तोकिएको थियो । निरन्तर सुनुवाइका क्रममा निवेदक पक्षले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेको छ । यस्तै विपक्षीले भने विघटन संवैधानिक दायित्व पूरा गरेकाले बदर हुनु नपर्ने जिकिर गरेको छ । साथै अदालतले कुनै पनि अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन नमिल्ने तर्क पनि विपक्षीको छ 

सर्वोच्चले विघटन बदर गरेमा प्रतिनिधि सभा पुनस्र्थापना हुनेछ । साथै अदालतले बदरसँगै प्रधानमन्त्री चयन प्रक्रियाको अन्योलबारे पनि स्पष्ट आदेश गर्ने अपेक्षा गरिएको छ । विघटन सदर भएमा निर्वाचन प्रक्रिया अगाडि बढ्ने छ । निर्वाचन आयोगले आगामी कात्तिक र मङ्सिरमा दुई चरणमा निर्वाचन गर्ने गरी कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.