२८ असार, एजेन्सी । स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।
आइतबार सम्पन्न युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।
प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो ।
१८ वर्षीय पेड्री यो अवार्ड पाउने दोस्रो खेलाडी हुन् ।
२०१६ मा पोर्चुगलका रेनेटो सान्चेजले यस अवार्ड जितेका थिए ।
युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो ।