Advertisement

क्रिस्टियानो रोनाल्डोलाई युरोको गोल्डेन बुट

0 1,157

Advertisement

२८ असार, एजेन्सी । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० को गोल्डेन बुट जितेका हुन् । उनले प्रतियोगिताभर कुल ५ गोल गर्दै यो अवार्ड हात पारेका हुन् ।

इटालीविरुद्ध फाइनलमा इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङलाई यो अवसर रहेपनि उनीहरुले गोल गर्न नसकेपछि रोनाल्डोले नै यो अवार्ड हात पारेका हुन् । रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए ।

रोनाल्डो युरोपेली च्याम्पियनसिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । उनले कुल १४ गोल गरेका छन् । त्यसपछि अन्य राष्ट्रका खेलाडीले गोलमा रोनाल्डोको उछिन्न सकेनन् । चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेपनि उनी असिस्टमा पछि परे ।

फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएका इंग्ल्यान्डका कप्तान ह्यारी केनले चार गोल गरे । केनसँगै बेल्जियमका रोमेलु लुकाकु, फ्रान्सका करिम बेन्जेमा र स्वीडेनका एमिल फोर्सवर्गले समान चार गोल गरेका थिए ।

फाइनलमा दुई पेनाल्टी बचाएका र च्याम्पियनसिपभर नै उत्कृष्ट प्रदर्शन गरेका इटालीका गोलरक्षक जियानलुइजी डोन्नररुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.