Advertisement

नेपाल टेलिकमको एउटा सर्भरमा साइबर आक्रमण

0 1,761

Advertisement

२७ असार, काठमाडौं । नेपाल टेलिकमको एउटा सर्भरमा साइबर आक्रमण भएको छ । चिनियाँ साइबर ह्याकरले टेलिकमको एउटा सर्भर ह्याक आक्रमण गरेका हुन् । आक्रमणबाट डाटा चोरी भए/नभएको पुष्टि हुन नसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

उनका अनुसार यो आक्रमण कस्तो खालको हो र डाटा चोरी भए नभएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । यद्यपि उनले साइबर आक्रमणमा परेको उक्त सर्भर लामो समयदेखि प्रयोगमा नरहेको दाबी गरे । “त्यो सर्भर लामो समयदेखि प्रयोगमा थिएन । हामी साइबर आक्रमण भएको जानकारी आए लगत्तै त्यो सर्भर बन्द गराएका छौँ,” उनले भने ।

उनले लामो समयदेखि बन्द रहेकाले डाटा चोरिएको हुन नसक्ने बताए । त्यसको छानबिन भइरहेको उनले बताए । साइबर आक्रमण भएको थाहा पाए लगत्तै दिउँसो ५ बजे अगाडि उक्त सर्भर बन्द गराएको उनले बताए ।

टेलिकमले मुख्य सर्भर सुरक्षित रहेको दाबी गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.