Advertisement

वाग्मती समाचारः किसान क्रेडिट कार्ड वितरण शुरु

0 2,511

Advertisement

२७ असार, वाग्मती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखिएको छ ।

यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेड, आरएण्डी इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौतानुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा रु दुई लाख प्राप्त गर्न सक्नेछन् ।

पहिलो चरणमा आठ महिला र १७ पुरुष किसानलाई किसान कार्डमार्फत सो रकम प्रदान गरिने छ । तिनले विनाधितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पु¥याइने लक्ष्य गाउँपालिकाको छ ।

सार्वजनिक पुस्तकालय स्थापना

जिल्लाका विभिन्न तीन स्थानमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया , हेटौँडा– ७ नागस्वतीमा समृद्ध पुस्तकालय र हेटाँंैडा–६ मा शान्ति पुस्तकालय स्थापना भएको हो ।

स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी एक महिनाको अवधिमा तिनै स्थानमा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा तीन वटा पुस्तकालय स्थापना भएका छन् । यसैबीच सबैभन्दा पछिल्लो पटक बकैया गाउँपालिका–४ मा बकैयामा पुस्तकालय स्थापना गरिएको छ ।

पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि रु ५० हजार बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको हो । पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईंबीच हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ ।

बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागार्इं, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दङ्गाल, एसके निधन र राम मङ्ग्रातीले जनही रु पाँच हजारका दरले योगदान गरेका छन् ।

प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर सहयोग वाग्मती प्रदेशभित्रका कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा सघाउ पु¥याउने उद्देश्यले एसटिसी गुप्रले प्रदेश सरकारलाई दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अक्सिजन सिलिण्डर र दुई सय थान रेगुलेटर उपलब्ध गराएको गु्रपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.