Advertisement

उद्घाटनपछि परीक्षणमा तामाकोशी, उत्पादन अनियमित

0 442

Advertisement

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बहुप्रतिक्षित तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरे । प्रधानमन्त्रीले ७६ मेगावाटको युनिटबाट ७ मेगावाट बिजुली उत्पादन भइरहँदा आयोजनाको उद्घाटन गरेका थिए । तर, त्यसपछि आयोजना उत्पादन नियमित छैन ।  आयोजना परीक्षणमै रहेकाले उत्पादन अनियमित भएको हो ।

परीक्षण सुरु भएकै दिनमा आयोजना उद्घाटन गरिएकाले प्रारम्भिक तवरको समस्या समाधान गर्न काम भइरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

आयोजनाका एक अधिकारीका अनुसार शुक्रबारसम्म तामाकोशीबाट खिम्ति ल्याएको प्रसारणलाइन व्यवस्थापनको काम नै सकिएको थिएन । १३२ केभीको गज्र्याङ-खिम्ति प्रसारणलाइनको  बाँकी काम सक्न मंगलबारदेखि नै आयोजनाबाट परीक्षण स्वरुप हुनसक्ने उत्पादन बन्द गरिएको थियो ।

प्रसारणलाइनको काम सकेर आयोजना परीक्षणको काममा व्यस्त छ । प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना आयोजनाबाट उत्पादित बिजुली समय-समयमा राष्ट्रिय प्रसारणलाइनमा जोड्ने/काट्ने काम भइरहेको बताउँछन् ।

‘परीक्षणका क्रममा कतिपय काम बाँकी होलान्,’ उनले भने,’यो आयोजनाले पूर्ण व्यवसायिक उत्पादन सुरु गर्न ३ महिना लाग्छ, त्यसैले समय-समयमा परीक्षणका क्रममा काट्ने र जोड्ने भइरहन्छ ।’

उनले पहिलो युनिटकै पनि परीक्षण भइरहेको बताए । प्रवक्ता तिमल्सिनाका अनुसार सोमबार आयोजनाको दोस्रो युनिटको पनि परीक्षण सुरु गर्ने योजना छ ।

आयोजनाका अधिकारीहरु भने उद्घाटन भइसकेकाले अब आयोजनाका बाँकी परीक्षणको काम थप दबावमा काम गर्ने पक्षमा छैनन् ।

‘उद्घाटन त भयो, तर हामी त परीक्षणको सुरुआती चरणमै छौं,’ आयोजनाका एक अधिकारीले भने,’यो आयोजनाको एउटै युनिट कुलेखानी जलविद्युत आयोजना बराबरकै छ, त्यसैले परीक्षण गर्न समय लाग्छ, त्यसका लागि समय-समयमा सर्ट डाउन लिनैपर्छ ।’

उनका अनुसार परीक्षणकाल जलविद्युत आयोजनाका लागि भर्खर जन्मिएको बच्चाजस्तै हो । यस्तो बेला संवेदनशील भएर काम गनर्नुपर्छ । हतार गरेमा त्यसले दुर्घटना निम्त्याउने भएकाले परीक्षणलाई पूर्ण रुपमा प्रोटोकलभित्रै रहेर पुरा गर्ने उनले बताए ।

‘प्रधानमन्त्रीज्युले उद्घाटन गरेर आफ्नो काम सक्नुभयो, अब हामी हाम्रो काम होसियारीपूर्वक गर्छौं,’ उनी भन्छन्,’भर्खर जन्मिएको बच्चालाई भन्दा बढी संवेदनशील भएर काम गर्नुपर्छ । हामी त्यसैअनुसार काम गर्दैछौं ।’

आयोजनामा रहेका ७६/७६ मेगावाट क्षमताका ६ वटा टर्वाइन छन् । असारभित्रै दुई वटा युनिटबाट परीक्षण उत्पादन थाल्ने योजना छ । पूर्ण क्षमतामा चल्न थालेपछि आयोजना नेपालको जलविद्युत क्षेत्रको विकासका लागि कोसेढुंगा सावित हुने प्राधिकरणले बताउँदै आएको छ ।

सामान्यतयाः कम्तिमा १५ दिन सफल परीक्षण उत्पादन गरेपछि मात्रै व्यवसायिक उत्पादन सुरु हुन्छ । परीक्षण कालमा उत्पादित बिजुलीको विद्युत प्राधिकरणले खरिदको मूल्य तिर्दैन । परीक्षण अवधिमा कुनै समस्या आइलागे परीक्षण काल लम्बिन सक्छ ।

प्राधिकरणको प्राविधिक टोलीले परीक्षण सफल भएको घोषणा गरेपछि मात्रै प्राधिकरणले व्यावसायिक उत्पादन शुरु भएको प्रमाणित गर्छ र उत्पादित बिजुलीको मूल्य तिर्न शुरु गर्छ । कतिपय आयोजनामा समस्या देखिँदा परीक्षणकाल महिना दिनभन्दा लामो समय लम्बिएको थियो ।

परीक्षण सकेर मात्रै उद्घाटन गर्ने प्रचलनलाई तामाकोशीमा भने निरन्तरता नदिई परीक्षण सुरु भएकै दिनमा उद्घाटन गरिएको थियो ।

पछिल्लोपटक प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् परियोजनाले २०७६ साउन १६ गतेदेखि पहिलो चरणमा ३० मेगावाटको युनिटबाट परीक्षण उत्पादन शुरु गरेको थियो । दुवै युनिटको परीक्षणपछि २०७६ मंसिर २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमै सिंहदरबारबाट आयोजनाको उद्घाटन गरेका थिए ।

त्यसअघि निर्माण सम्पन्न गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको परीक्षण उत्पादन २०७४ पुस २८ गते शुरु भएको थियो । तर, त्यसको एक महिनापछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.