Advertisement

नेकपा भनेकाे काेदाे र ताेरीकाे मिश्रण जस्तै हाे, पिस्ने कि पेल्ने !

0 1,741

Advertisement

२७ असार, पाेर्चुगल । प्रसङ्ग नेकपा एमाले र नेकपा माअेाबादी मिलन भई नेकपा बन्ने बेला हाे । एकजना बिपक्षी दलकाे माननियले सायद साङ्सद बैठकमै बाेल्नुभएकाे थियाे । याे नेकपा भनेकाे काेदाे र ताेरीकाे मिश्रण जस्तै हाे । पहिलाे कुरा यसलाई पिस्ने कि पेल्ने ? सायद पिसे पनि पेले पनि यसले न त तेल दिन्छ न त पिठाे ।

उति बेला नेकपा कार्यकर्ताहरुले निकै खेदाे खने उनकाे । नेकपा निकट सन्चार माध्यहरु पनि उनकाे पछि हात धाेएर लागे बिचरा उनिहरुलाई के थाहा जुन वाक्य आज सत्य साबित हुने छ । आज नेकपा भित्र जे चलिरहेकाे छ । र जे देखिईरहेकाे छ त्यसले उनकाे वाक्य सत्य साबित गरिसकेकाे छ ।

मस्त निद्रामा भएकाे बेला आज फाेनकाे घण्टी बज्याे, फाेन हेरे । एउटा अनलाइन पत्रिकाका सम्पादक ज्यु काे फाेन रहेछ । फाेन उठाए , सन्चाेबिसन्चाे पछि उहाले साेध्नु भयाे ! के अब नेकपा फुट्ला त ? मैले निसङ्काेच जवाफ दिए अह कुनै हालतमा फुट्दैन । उहाँ आश्चर्य हुँदै भन्नुुभयाे के तपाई हिजाे आजकाे राजनीतिक घटनाक्रमबारे जानकार हुनुहुन्न हाे ? मैले भने, जानकार छु र त भनिरहेकाे छु नेकपा फुट्दैन ।


नेकपा एमाले र नेकपा माअेाबादी मिलन भएर नेकपा बनेका दिनहरु तिर फर्केर हेराै । हामी पार्टी एकीकरण गरेर स्थायी सरकार दिन्छाै र देश बिकासकाे अभिभारा पूरा गर्छाै भन्दै नेकपा एमाले र नेकपा माअेाबादी आपसमा तालमेल गरी निर्वाचनमा गए ।

नेकपा काेदाे र ताेरिकाे मिश्रण हाे ,
याे न त पिस्न मिल्छ न त पेल्न मिल्छ ,
न त टुट्याउनै सकिन्छ

अस्थायी अस्थिर सरकार र बिकासबिहिनता बाट वाक्क बनेका जनता सामु, स्थायि सरकार दिनुहाेस, बिकाशकाे मुल हामी फुटाउछाै भन्दै जनतासामु पुगेका उनिहरुका नेता कार्यकर्ताहरुका अभिब्यक्तिमा सहमत हुँदै नेपाली जनताले उनिहरुले नै नसाेचेकाे परिणाम दिए ।

किनकि जनता बिकासकाे भाेकाे थिए । उक्त परिणाम बाट क. खड्कप्रसाद निकै हाैसिएका थिए । आफ्नै एकल प्रयासले याे सफलता प्राप्त गरेकाे र रियल हिराे आफू नै भएकाे भन्दै उखानटुक्कासहित हाैसिएका देखिन्थे भने अर्काे तिर नामाेनिसान मेटिने डरले अनिद्राकाे सिकार भएका क. प्रचण्ड पनि नाक जाेगिएकाेमा गर्व गरिरहेका थिए ।

याे सफलतासङ्गै निकै खुसि भएका यिनिहरुका स्थानिय नेता कार्यकर्ताहरुलाई के थाहा ? यसरी काैवालाई बेल पाक्याे हर्ष न बिस्मात हाेला भन्ने । उनिहरु पनि सामेल भए बिजय उत्सबहरुमा र रङ्गहरुकाे हाेलि खेले । बिचरा उनिहरुलाई के थाहा यही नतिजाले आज पर्सामा रगतकाे हाेलि खेल्नेदिन आउला भनेर ।

याे चुनावी परिणामबाट हाैसिएका क. खड्कप्रसाद सायद पार्टी एकता चाहदैनथिए हेाला भन्ने कुरामा अब शङ्का गरिरहनुनपर्ला । उनी किमार्थ पार्टि एकता चाहदैन थिए तर क. प्रचण्डकाे उनी सामु आत्मसमर्पण र नेता कार्यकर्ताहरुकाे दबाबबिच पार्टी एकता गरेजस्ताे गरे तर नेकपाका कार्यकर्ताहरुले पत्याईदिए । याे पार्टी एकता नेकपा नेता कार्यकर्ताहरुले बाहेक अरुले आजसम्म स्विकारका छैनन याे पार्टी एकता हाे भनेर ।

हुन पनि कसरी स्विकार्नु, करिब एक दशक लामाे क्रान्तिकारी ईतिहास बाेकेकाे र उसकै भाषामा भन्दा जनयुद्ध बाट भर्खर भर्खर शान्ति प्रक्रियामा अबतरण गरेकाे नेकपा माअेाबादी र लामाे समय देखि नितान्त सान्सदिय प्रक्रिया अबलम्बन गरेकाे नेकपा एमालेकाे एकीकरण त्यति सजिलै सम्भव थिएन र छैन पनि । मैले बुझेकाे, पार्टी एकीकरण हुदा पहिले निति र सिध्दान्तकाे बहस हुनुपर्दछ । जब सिध्दान्तगत रुपमा बिचार मिल्छ तब मात्र पार्टी एकता सम्भब हुन्छ ।

तर नेकपाकाे बनाेट यसरी भएन, नीति र सिध्दान्त लाई गाैण मानियाे भने पदलाई प्राथमिता दिईयाे । अध्यक्षहरु र केन्द्रीय समितिमा पदकाे कुरा मिल्याे । पदिय लेनदेनमा सहमति भयाे यसैलाई पार्टी एकता भन्दै स्यालहुय्या पिटियाे, कार्यकर्ताहरुले दिपावलि गरे । आखिर याे भन्दा बढ्ता केही भएकाे थियाे त नेकपा बन्ने बेलामा ? लगभग पद लेनदेन मिल्नु लाई नै पार्टी एकता भएकाे घाेषणा गरियाे। देशमा कम्युनिस्ट पार्टीको दुईतिहाई नजिक नजिककाे केन्द्र सरकार र प्रत्येक प्रदेशमा उसकै पार्टीको सरकार बन्याे । याे कम्युनिस्ट सकारले पक्कै पनि राम्रो काम गर्ने छ, देशमा बिकास र समृद्धि आउनेछ भन्नेमा अधिकाङ्स नेपालिहरु ढुक्क थिए ।

ढुक्क पनि किन नहुन कम्युनिस्ट पार्टीको बलियाे सरकार र देशभक्त भनिएका क. खड्कप्रसाद नै प्रधानमन्त्री भएपछि त । धेरैकाे आशा थियाे , हाम्रा प्रधानमन्त्री देशबिकासका खड्क लिएर उत्रने छन् । देश उनले भनेजस्ताे कायापलट हाेईन, देखिने गरि देशमा बिकाश गर्नेछन भन्नेमा हामी सबै ढुक्क थियाै । तर अब त केही राम्रो हुन्छ कि भन्ने आश पनि मारिसके हाेलान जनताले, खै के आशा गर्नु र कम्युनिस्टकाे नाम बेचेर खाने धुर्तहरुकाे ।

अढाई तीन बर्षकाे अबधिमा १२/१३ पटक सरकार पुनर्गठन गरेकाे सरकारलाई स्थायि सरकार भनेर हामिले पत्याईदिनपर्ने, बिकास र समृद्धि हाम्रैपालमा भन्दै पाेलपाेलमा खड्कप्रसादकाे फाेटाे टासिएकाे तस्बिरमा आएपछि देशमा समृद्धि नै आयाे भनेर पत्याईदिनुपर्ने । चुच्चे नक्सा आयाे भन्दैमा उक्त भुमि नै हाम्रो भयाे भनेर पत्याईदिनुपर्ने । सरकारले निकै काैशलताका साथ काेराेनाकाे राेकथाम र उपचार गर्याे भनेर पत्याईदिनुपर्नेे । देशमा काेहि भाेका राेगी बेराेजगार छैनन भनेर पत्याईदिनुपर्ने । निर्मला र उनी उस्तै बलात्ककार र हत्या गरिएका चेलिरहरुले न्याय पाए भनेर पत्याईदिनुपर्ने । घरघरमा ग्यासकाे पाईप आयाे भनेर पत्याईदिनुपर्ने । पाेखरा म्याग्दि हुँदै बाग्लुङ सम्म रेलमा गए भनेर भनिदिनु पर्ने यी र यस्तै अपेझा गरेकाे छ बर्तमान सरकारले ।

याे सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन, भ्रष्टाचार माैलाउदै गयाे, जनताका हकहितमा काम भएन भन्ने कारणले नै शुरु भएकाे हाे त नेकपाभित्रकाे किचलाे ? अह बिल्कुल त्यसाे हाेईन ।

याे नेकपाकाे किचलाेकाे, सरकारमा क. खड्कप्रसाद ले एक्लै रजाइँ गर्नपाउने तर अरु क.हरुले टाढै बसेर टुलुटुलु हेर्नुपर्ने अबस्थाले सिर्जना गरेकाे किचलाे हाे । क. खड्कप्रसाद ईतरका क.हरुले पालाे आकाे बेला सबैले बाडिचुडि खाऊन भनेर निरन्तर अनुनयबिनय गरेका छन तर खड्कप्रादले टेरपुच्छर लाएका छैनन । वास्तवमा यहि नै हाे नेकपा भित्रकाे किचलाेकाे जड । यी दुबै पक्ष मध्ये क.खड्क वा क. प्रचण्ड जाे आएपनि हुने यहि हाे अहिले जे भईरहेकाे छ । क. खड्कप्रसादले कलाे ढ्वाकेर बसेका क. हरुलाई कलाे फालिदिन्छन र केही समयकाे लागि किचलाे शान्त हुन्छ । याे भन्दा अगाडि भएकाे पनि यहि हाे र अहिले हुनेपनि यहि हाे ।

त्यसैले नेकपाका कार्यकर्ता कमरेडहरुले समाजिक सन्जालमा नेकपालाई हार्दिक श्रद्धाञ्जली भन्दै रुन्चेस्वरमा राेईलाे गाउनु र नेकपा बाहेका का दलहरुले सरकार र मन्त्री पदकाे लागि र्याल काड्नु व्यर्थ हुनेछ । चुपचाप बस नेकपा कुनै हालतमा फुट्दैन, सिध्दान्तकाे बिबाद भएकाे भए सायद फुट्न सक्थ्याे हाेला तर पद र स्वार्थको बिबाद हाे याे कुनै हालतमा फुट्दै न । चतुर क. खड्कप्रसादले छिट्टै कुनै पदकाे तिर कमरेडहरुतिर फ्याक्नेछन र स्वयं कमरेडले भन्नेछन , खड्कप्रसाद जिन्दावाद । हुने यति नै हाे त्यसैले यत्तिकै लागि किन राेइलाे गर्नु किन र्याल काड्नु ।

अब क. बामदेम पत्निलाई मन्त्रीपदकाे सपथ खुवाउने भन्दा बढ्दा सफलता हासिले गर्दैन सायद याे चरणकाे किचलाे ले । फेरि हुने अर्काे चरणकाे किचलाेले के गर्छ गन्धनमन्धन गर्दैगराैला ।

मिसाउने बेलामै गलत बस्तुहरु मिसाउने अनि पछुताउने यहि नै हाे हामि नेपालिकाे नियति । सायद काेदाे र गहु मिसाएकाे भए वा ताेरी र सर्सिउ मिसाएकाे भए पिसे पिठाे, पेले तेलकाे अपेक्षा गर्न सक्थ्याे । मिसायाै काेदाे त ताेरि नत पिस्न मिल्ने नत पेल्न मिल्ने नत छुट्याउनै सकिने, यही नियति बन्ने छ नेकपाकाे ।

जय देश जय नेपाल



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.