Advertisement

कृषि विकास बैंकले ल्यायो अनलाईन डिम्याट खातासहितका यस्ता नयाँ सेवा

0 508

Advertisement

२७ असार, काठमाडौं । कृषि विकास बैंकले आजबाट नयाँ सेवा सुचारु गरको छ । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको आज बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरी सेवा सुभारम्भ गरेका हुन् ।

यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले विना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सिआरएन, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् ।

बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेश बाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको हो ।

यसका अलावा बैंकमा खाता नभएका ग्राहकहरुले समेत देश विदेश बाट अनलाईनका माध्यमबाट समेत चल्ती, वचत खाता सहित सवै सेवाहरु अनुरोध गर्न सक्ने छन् । यो सेवा सुरु भए पश्चात अनलाईनका माध्यमबाट सेवा अनुरोध गर्न सकिने छ भने कोभिडको यस माहामारिको अवस्थामा सेवा उपयोगका लागि बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

कृषि विकास बैंकसँग जोडिन यस प्रकारका सेवाहरुले थप सहजता प्रदान गर्ने विश्वास बैंक व्यवस्थापनले लिएको छ । यस प्रकारको सेवा सुचारु भए पश्चात स्वचालीत रुपमा इमेल तथा एसएमएसका माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था यो प्रणालीमा रहेको छ ।

यस सेवा पश्चात सेयर कारोवारमा सहजता प्रदान हुने, बैंकमा खाता भएका ग्राहकहरुले थप ग्राहक पहिचान विवरण पेश गर्नु नपर्ने, नावालकहरुको खाता खोल्न सहजता हुने, खाता खोल्न बैंक समक्ष पुग्नु नपर्ने, मोवाईल तथा इन्टरनेट बैंकिङ्गका लागि आवेदन दिन सकिने छ । यसरी एकै निवेदनबाट बहुसेवामा पहुँच पु¥याउन सकिने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.