Advertisement

साविक विजेता ब्राजिललाई हराउदै अर्जेन्टिना कोपा अमेरिका २०२१ च्याम्पियन!

0 1,190

Advertisement

२७ असार, एजेन्सी । साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो ।

पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन । १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिलबाट गोलको खतरा टारेका थिए ।

खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।

२९ औं मिनेटमा डी मारियानै ब्राजिलका लागि खतरा बने । यसपटक उनको प्रहारलाई थियागो सिल्भाले गोलरक्षकसम्म पुग्न दिएनन् । उक्त रिबाउन्डमा लाउटारोको प्रहारलाई अर्का डिफेन्डर मार्किन्हसले विफल पारेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा रिचार्लीसनको प्रहार बाहिरिंदा ब्राजिल खेलमा फर्कन सकेन ।

दोस्रो हाफमा ब्राजिलले फ्रेडको स्थानमा रोबर्टो फिर्मिनोलाई मैदानमा पठाउँदै आक्रमण बलियो पर्ने रणनीति लिएको थियो । त्यसै अनुसार ब्राजिलले अवसर पनि सिर्जना गर्यो । ५२ औं मिनेटमा रिचार्लीसंले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता दिएनन् । लगत्तै गोलरक्षक एमिलिआनो मार्टिनेजले रिचार्लीसनको प्रहारमा उत्कृष्ट बचाउ गर्दै खेलमा अग्रता कायम राखे ।

६५ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र भिडभाडको अवस्थामा गरेको प्रहार गोलरक्षकसम्म पुग्न सकेन । उनले मार्किन्हसको गल्तीको फाइदा उठाउँदै प्रहार गर्ने अवस्थामा पुगेका थिए । ७१ औं मिनेटमा नेयमारको पासमा पाक्वेटाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

८७ औं मिनेटमा गोलरक्षक मार्टिनेजले सानदार बचाउ गर्दै अर्जेन्टिनाको अग्रता कायम राखे । कर्नरमा आएको रिबाउन्डमा ग्याबिगलले गरेको शक्तिशाली प्रहारलाई मार्टिनेजले पन्च गरेर बाहिर पठाएका थिए । लगत्तै अर्कोतर्फ मेस्सीले अर्जेन्टिनाको जित पक्का गर्ने सुवर्ण अवसर खेर फाले । उनले डे पलको पासमा पेनाल्टी क्षेत्र भित्र वन भर्सेस वनको स्थितिमा बल प्रहार गर्न ढिलो गर्दा एडरसनले बचाएका थिए ।

इन्ज्युरी समयमा एडरसनले डे पलको प्रहारलाई वन भर्सेस वनको स्थितिमा विफल पार्दै झिनो आशा कायम राखेका थिए । तर त्यसपछि ब्राजिलले कुनै आक्रमण बुन्न नसक्दा अर्जेन्टिना उपाधि जित्न सफल रहयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.