Advertisement

भारतमा कोरोनाबाट दैनिक मृतकको सङ्ख्यामा वृद्धि

0 383

Advertisement

२६ असार, भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख ५५ हजार ३३ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको १.४८ प्रतिशत रहेको छ ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ ।

भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा थपिएका सङ्क्रमितहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ ।
भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ९७.२० प्रतिशत रहेकाे छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.