Advertisement

बुढिगण्डकी सभ्यता र सेरोफेरो’ को लागि भिमसेन थापा गाँऊपालिकाले सहयोग गर्ने

0 701

Advertisement

२६ असार, गोरखा । ‘बुढिगण्डकी सभ्यता र सेरोफेरो’ बिषयमा निर्माण गर्न लागिएको वृत्तचित्र निर्माणमा भिमसेन थापा गाँऊपालिकाले सहयोग गर्ने भएको छ । राष्ट्रिय गौरवको रुपमा हेरिएको बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोरखा र धादिङ जिल्लाका बुढिगण्डकी जलविद्युत परियोजनाबाट स्थानीय स्तरमा पर्ने प्रभाव र जनजिवनमा पर्ने असरलाई समेटेर ग्लोरी मिडियाको व्यानरमा निर्माण गर्न लागिएको अन्तराष्ट्रिय स्तरको वृत्तचित्रका लागी गाउँपालिकाले समन्वयात्मक भूमिका सहित सहयोग गर्न लागेको हो ।

सोका लागि गाँऊपालिकाले आफ्नो बार्षिक नीति तथा कार्यक्रममा योजना तय गरिसकेको छ । भिमसेन थापा गाँऊपालिकाका अध्यक्ष ईश्वर पाण्डेले वृत्तचित्र निर्माण बारे जानकारी दिदै भने ’यहि असार २९ गते हुने दोस्रो चरणको गाऊ सभाबाटनै वृत्तचित्र निर्माणका लागी गाँऊपालिकाले निर्णय गर्नेछ’ ।

प्रभावित क्षेत्र भित्रका स्थानिय युवाहरुको संयुक्त पहलमा निर्माण गर्न लागिएको वृत्तचित्रका लागि गोरखा र धादिङका स्थानिय निकाय,राजनितिक दलहरुसँग लामो समयदेखि छुट्टाछुट्टै बैठक सम्पन्न भएको थियो। स्थानिय तहहरुकै संयुक्त लगानीमा यो वृत्तचित्र निर्माण कार्य सफल हुने वृत्तचित्र निर्माण टिमका प्रोजेक्ट कोर्डिनेटर विराट बाबु खनालले जानकारी दिएका छन् । ’वृत्तचित्रमा बुढीगण्डकी जलविद्युत आयोजनाले स्थानिय स्तरमा पार्ने प्रभावलाई उजागर गर्ने तथा भावी पुस्ताका लागि पनि पुर्खाको थातथलो र प्रचलनमा रहेका सांस्कृतिक पक्ष आदीको बिषयमा जानकारी दिलाउन सकिने भएकाले हामीले यो प्रयास गर्न लागेका हौ’ खनालले भने ।

ग्लोरी मिडियाका संचालक समेत रहेका प्रोजेक्ट निर्देशक किरण खनालको निर्देशनमा बन्ने वृत्तचित्रमा प्रभावित क्षेत्रहरुको हालको बस्तुस्थिति,बसोबास, धार्मिक,ऐतिहासिक धरोहर, मठ, मन्दिर, ऐतिहासिक बगैचा, ऐतिहासिक बजार, धर्म, कला, संस्कृति, रितिरिवाज, सो क्षेत्रका बासिन्दाले मान्दै आएका चार्डपर्व,जात्रा लगाएत सो क्षेत्रमा १ बर्षभरी ऊत्पादन हुने बालिनालीलाई समेटिनेछ । श्रव्यदृष्य सामाग्री वृत्तचित्र निर्माण गर्दै विकासका लागी पुर्वाधारको तयारी गर्ने र पुर्खाको थलो भावि पुस्तासम्मलाई हस्तान्तरण गर्नुपर्ने जिम्मेवारीलाई पुरा गर्ने अभिलाषा सहित परियोजना संचालन गर्न लागिएको प्रोजेक्ट निर्देशक किरण खनालले बताए ।

‘ऐतिहासिकताको संरक्षण गर्ने र सम्पदा संस्कृतीको जगेर्ना गर्दै भावी पुस्तासम्मलाई धरोहर बारे अवगत गराउनुपर्ने दायित्वबोधका साथ हामीले यस परियोजना संचालनमा ल्याएका हौं’ खनालले आफ्नो धारणा राख्दै भने ।

वृत्तचित्र निर्माण टिमले करिब ७/८ महिना देखि गोरखा र धादिङ जिल्लाका स्थानिय निकायहरुसँग वृत्तचित्र निर्माण कार्यका लागी प्रपोजल सहित पेश गरेको भएपनि आधिकारीक निर्णय गर्ने पहिलो स्थानिय निकाय भिमसेन थापा गाँऊपालिका हुन आएको खनालले बताए । निर्माण टिमले छिट्टै अन्य स्थानिय निकायहरुसँग छलफल गरिसकेको छ । विगतका दिनमा हाम्रो टिमसँग भएका प्रतिबद्धता र डुबान प्रभावित क्षेत्रको सुरक्षित अभिलेखिकरण गर्ने कार्यमा आवश्यक निर्णय आऊने अपेक्षा रहेको छ’ प्रोजेक्ट कोर्डिनेटर खनालले भने ।

निर्माण टिमले कोभिड-१९ को दोस्रो लहरलाई मध्यनजर गर्दै र बर्षातको समयलाई समेत ख्याल गर्दै भर्चुअल माध्यमबाट दुवै जिल्लाका स्थानिय निकायका प्रतिनिधिहरु बिच बैठक गराऊने अन्तिम तयारीमा जुटिसकेको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए । सहकार्यका लागि हाम्रो पहिलो प्राथमिकता प्रभावित स्थानिय तहहरु नै हुन, स्थानिय हामीसँग अन्य विकल्प हुँदाहुँदै पनि यस परियोजनामा अरु इन्ट्रेस्ट ग्रुपलाई नमिसाउने योजना लिएका छौ’ उनले भने ।

निर्माण टिमले हरेक स्थानिय निकायमा रहेका प्रभावित क्षेत्रका वडा अध्यक्ष,टोल सुधार समिति, स्थानिय क्लब, स्थानिय सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरु बिच समेत आवश्यक कोर्डिनेशन,छलफल गरि रहेको र सो क्षेत्रका विभिन्न समुदायका रिति रिवाज,कला,संस्कृतीका बारेमा जानकारहरु संग समेत आवश्यक परामर्श लिग्ने कामहरु भई रहेको परियोजना निर्देशक किरण खनालले जानकारी दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.