Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बेदु सारु मगरको ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक ( भिडियो )

0 100

२६ असार, काठमाडौँ । गायक बेदु सारु मगरले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ।

यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन्। गीतमा गायक मगरको नै संगीत रहेको छ। दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन्। प्रेम जोडी बीचको बिछोडको कथा समेटिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन्। भिडियोलाई पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन्। सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

गायक मगरको आधिकारिक च्यानल ‘बेदु सारु मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। नयाँ भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेकाे छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.