Advertisement

वनकाली उद्यानमा गुर्जो रोपण

0 479

Advertisement

२६ असार, काठमाडौं । पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियानअन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० गुर्जोका बिरुवा रोपिएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको प्रवद्र्धनमा लाग्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटका नेतृत्वमा शुक्रबार गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल, अभियानकर्मी राजलवटलगायतले गुर्जो रोपण गर्नुभएको थियो ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको थियो । विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आउनुभएको थियो । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.