Advertisement

कोपा अमेरिका फुटबलमा तेस्रो बन्यो कोलम्बिया, पेरुले ३-२ गोलले पराजित

0 855

Advertisement

२६ असार, एजेन्सी । कोलम्बिया कोपा अमेरिका फुटबलमा तेस्रो बन्न सफल भएको छ । आज बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुमाथि रोमाञ्चक जित निकालेको हो ।

पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए । लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।

कोलम्बिया सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो । पेरुलाई ब्राजिलले १–० गोलले हराएको थियो । समूह चरणमा यी दुई टोलीबीच सम्पन्न खेलमा कोलम्बियाले पेरुसँग २–१ गोलको हार बेहोरेको थियो ।

कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना आईतबार बिहान भिड्दैछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.