Advertisement

ह्यालोले अमेरिकाको लस भेगसमा फाइभजीमा आधारित स्वचालित कार सेवा सञ्चालन गर्ने

0 674

Advertisement

२६ असार, एजेेन्सी । ह्यालोले लस भेगसमा फाइभजीमा आधारित रिमोटबाट चल्ने कार सेवा सञ्चालन गर्ने भएको छ।

लस भेगसमा रहेको स्टार्टअप कम्पनी ह्यालो तथा टेलिकम जायन्ट टी-मोबाइल मिलेर फाइभजीमा आधारित चालकविनाको विद्युतीय कार सेवा यसै वर्षको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने भएका हुन्।

शुरुवातमा ५ ओटा सवारीबाट सञ्चालनमा आउने उक्त सेवाले यूजरहरुलाई एउटा एपमार्फत् ह्यालोको सवारीहरुको समूहमा आबद्ध गरेर काम गर्छ।

एउटा यूजरले कार अर्डर गरेपछि रिमोट अपरेटरले कारलाई यूजर भए ठाउँसम्म चलाएर पठाइदिन्छ। कार आए पछि यूजरले ड्राइभर सिटमा बसेर यात्रा अवधिभरी चलाउन सक्छ।

यात्रा सकिएपछि रिमोट अपरेटरले कारलाई नियन्त्रणमा लिएर अर्को यात्रु भए ठाउँमा पठाइदिन्छन्।

ह्यालो पूर्णरुपमा मानवरहित स्वचालित ड्राइभिङ प्रविधिमा काम गरिरहेका वेमो तथा क्रुजजस्ता कम्पनीभन्दा भिन्न छ।

ह्यालोका क्यामरामा ९ ओटा क्यामरा जडान गरिएको हुन्छ भने ब्याकअपका रुपमा राडार तथा अल्ट्रासोनिक पनि तैनाथ हुन्छ।

तर यो लाइडार प्रविधि भने होइन। यी प्रविधिले विभिन्न ठाउँमा रहेका यूजरलाई टी-मोबाइलको अल्ट्रा क्यापासिटी मिडब्यान्ड फाइभजी नेटवर्कको सहायताले एपका माध्यमबाट रिमोट अपरेटरसँग जोड्छ।

ह्यालोका सीईओ आनन्न नन्दकुमारले टेकक्रन्चलाई बताए अनुसार यो सेवा आवश्यकता परेको खण्डमा एक्सटेन्डेड रेन्ज लो ब्यान्ड फाइभजी नेटवर्क तथा एलटीईमा पनि सञ्चालन हुन सक्छ।

कम्पनीले हालै एक प्रेस विज्ञप्तिमा आफ्ना कारहरु यात्रुले कार चलाइरहँदा पृष्ठभूमिमा सिकिरहने र अद्वितीय फिडब्याक लूप बनाइरहने अल्गोरिदम रहेको र यसले कालान्तरमा लेभल ३ को क्षमतासम्म पुर्याउन सक्ने उल्लेख गरेको छ।

कम्पनीको भविष्यमा पूर्ण स्वचालित पद्धतिमा जाने योजना रहेको पनि बताइएको छ।

‘पूर्ण स्वायत्तता प्रविधिक तथा सामाजिक विश्वासका हिसाबले पनि निकै चुनोतीपूर्ण जसलाई आउँदो वर्ष नै समाधान गर्न सकिँदैन,’ सीईओ नन्दकुमारले विज्ञप्तिमा भनेका छन्, ‘तर ह्यालो यस्ता चुनोतीलाई समयक्रममा उपभोक्ताले विश्वास गर्नेगरी समाधान गर्न स्वायत्त प्रणाली विकसित गर्नेगरी डिजाइन गरिएको छ।’

कम्पनीले आफ्ना कारहरु अत्याधुनिक सुरक्षित विराम संयन्त्रयुक्त हुने र यसले कुनै सुरक्षा खतरा महसुस गरेको खण्डमा कारलाई एकैचोटीमा सुरक्षित तवरले रोकिदिने दावी गरेको छ।

टेकक्रन्च



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.