Advertisement

सातामा नेप्से १८ अंकले घट्दा कारोबार ११ अर्बले खुम्चियो

0 562

Advertisement

२५ असार, काठमाडौं । शेयर बजार सूचक मापक नेप्से यस साता १७.९० अंकले घटेको छ ।नेप्से घटेसँगै यस साता कारोबार रकम पनि १० अर्ब ९० करोड रुपैयाँले घटेको छ ।यो साता बजारमा २३ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार २८४३ अंकमा खुलेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार २८२५.१० अंकमा बन्द भएको छ ।अघिल्लो साताको तुलनामा यस साता शेयर कारोबार रकम घटेको छ । गत साता ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर करोबार भएकोमा यस साता १० अर्ब बढीले खुम्चिएर २३ अर्ब २६ करोडमा सीमित भएको हो ।

यस साताको पहिलो कारोबार दिन आइतबार ५ अर्ब ५ करोड रुपैयाँको कारोबार भयो भने साताको अन्तिम कारोबार दिन बिहीबार ४ अर्ब ८१ करोड रुपैयाँको कारोबार भयो । यसबीचमा सोमबार ४ अर्ब ५८ करोड, मंगलबार ४ अर्ब २२ करोड र बुधबार ५ अर्ब ५८ करोडको शेयर कारोबार भयो ।

यो साता आइतबार नेप्से ८.४८ अंक, सोमबार ११.७८, मंगलबार ५.२४ अंक र बुधबार १६.९७ अंकले घट्यो भने अन्तिम दिन बिहीबार २३.९७ अंकले बढेको छ ।

सातामा सिभिल लघुवित्तका शेयरधनीले सर्वाधिक कमाए

यस साता सिभिल लघुवित्त कम्पनीमा लगानी गर्ने लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सिभिल लघुवित्त कम्पनीमा लगानी गर्ने लगानीकर्ताले १०.८९ प्रतिशतले कमाएका हुन् ।

सिभिल लघुवित्तपछि राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर शेयरमा लगानी गर्ने लगानीकर्ताले १०.०७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ९.४४, सिइडिबी हाइड्रोपावरका शेयरधनीले ७.६० र हिमालयन डिष्ट्रिलरीेमा लागानी गर्ने लगानीकर्ताले पनि ७.२८ प्रतिशतका दरले कमाएका छन् ।

गत साताको कारोबारमा ओरियन्टल होटलका शेयरधनीले २०.२१ प्रतिशतका दरले कमाएका थिए । सिभिल लघुवित्तका शेयरधनीले ११.४८, युनाइटेड इदी मर्दीका शेयरधनीले १०.९९, सेञ्चुरी कर्मसिलयल बैंकका शेयरधनीले ८.८६ र नेपाल फाइनान्सका शेयरधनीका लगानीकर्ताले ८.२६ प्रतिशतका दरले कमाएका थिए ।

नेपाल इन्स्योरेन्सका शेयरधनीले धेरै गुमाए

यस साता नेपाल इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीमा लगानी गर्ने लगानीकर्ताले १२.१२ प्रतिशतका दरले गुमाएका हुन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्सपछि यस साता गोर्खाज फाइनान्सका शेयरधनीले १०.३६, युनाइटेड इदी मर्दीका शेयरधनीले ९.९०, अपर तामाकोशीका शेयरधनीले ८.७४ र नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीले ८.३९ प्रतिशतका दरले गुमाएका छन् ।

गत साताको शेयर कारोबार दिनमा सूर्या लाइफ, राधी विद्युत, ङादी ग्रुप पावर र लिबर्टी इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका थिए ।
उत्पादनमूलक उपसमुह २.६७ प्रतिशले बढ्यो

यस साता कारोबारमा आएका १३ उपसमुहमध्ये बैंकिङ, माइक्रो फाइनानन्स, उत्पादनमूलक र ट्रेडिङ बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ ।

साताको कारोबारमा सबैभन्द धेरै उत्पादनमूलक उपसमुह २.६७ प्रतिशले बढेको छ । यस साता बैंकिङ ०.२३, माइक्रो फाइनानन्स ०.५७ र ट्रेडिङ १.१४ प्रतिशतले घटेको छ ।

यस साता विकास बैंक १.१२, फाइनान्स २.८८, जीवन बीमा १.२२, होटल एण्ट टुरिजम २.१७, हाइड्रो पावर ३.९३, अन्य ०.५८ र इन्भेष्टमेण्टको सूचक ०.६३ प्रतिशतले घटेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.