Advertisement

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

0 626

Advertisement

२५ असार, काठमाडौँ । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत कोभिड–१९ महामारीका बेलामा पनि स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिकसमेतलाई गम्भीर असर पुग्छ र पुगिरहेको छ भन्ने हेक्का सरकारले नराखेको आरोप पनि लगाउनभुएको छ ।

प्रतिष्ठानभित्र अनेक बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएकामा ढाकछोप होइन आवश्यक उपचार जरुरी रहेको उल्लेख गर्दै कांग्रेसले प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पु¥याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न नसकिने जनाएको छ ।

आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.