Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हाइटीको राष्ट्रपतिको हत्यामा अमेरिका र कोलम्बियाका पूर्व सैनिक संलग्न

0 109

२५ असार, एजेन्सी हाइटीको राष्ट्रपति जोभोनेल मोइसेको हत्यामा अमेरिका र कोलम्बिया मानिसहरुको समूहको संलग्नता रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार २८ जनाको उक्त टोलीमा २६ जना कोलम्बियाका नागरिक छन् भने दुई जना हाइटी मूलका अमेरिकी रहेको प्रहरी प्रमुख लिओन चाल्र्सले बताएका छन् ।

यो समुहका मानिसहरुमध्ये तीन जना प्रहरीबाट मारिएका छन् भने १५ जना कोलम्बियाका र दुई अमेरिकी नागरिक पक्राउ परेका छन् । अझै आठजना फरार छन् ।

मंगलबार राति हतियारधारी समुहले हाइटीका राष्ट्रपति मोइसेको हत्या गरेका थिए । आक्रमणमा मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । अहिले उनको अमेरिकाको फ्लोरिडामा उपचार भइरहेको छ ।

अहिलेसम्म यो आक्रमणको प्रमुख योजनाकार को हुन् र आक्रमणको उद्देश्य भने खुल्न सकेको छैन । बिहीबार हाइटीको प्रहरीले केही आरोपीका साथै उनीहरुसँगको हतिया पासपोर्ट तथा अन्य प्रमाणहरु सार्वजनिक गरेको थियो । ‘विदेशीहरु हाम्रो मुलुकमा राष्ट्रपतिको हत्या गर्न आएका थिए’, चाल्र्सले भनेका छन्, ‘हामीले हाम्रो अनुसन्धानको दायरा र खोजी गर्ने तरिका फराकिलो पार्दै अन्य आठ आतंकवादीलाई नियन्त्रणमा लिनेछौं ।’

कोलम्बियाको सरकारले आरोपीमध्ये कम्तीमा ६ जना आफ्नो मुलुकका अवकाश प्राप्त सैनिक भएको बताएको छ । कोलम्बियाले हाइटीलाई अनुसन्धान कार्यमा सघाउने बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले भने अहिलेसम्म आफ्ना कोही नागरिकहरु पक्राउ परेको पनि थाहा नभएको बताएको छ ।अझै पनि यो आक्रमणका प्रमुख योजनाकार भने पक्राउ परेका छैनन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.