Advertisement

गोरखाको धार्चे गाउँपालिकाका सात कर्मचारीमा कोरोना पुष्टि

0 324

Advertisement

 २५ असार, गोरखा । धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योजना अधिकृत, लेखापाल, इन्जिनियर, वडा सचिव, कम्प्युटर अपरेटरसँगै कृषि र पशुका कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले कर्मचारीमा संक्रमण देखिए पछि आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाइएको बताए । ‘आर्थिक वर्षको क्लोजिङको समय भएकाले यो बेला कामको चाप बढी नै हुन्छ,’ अधिकारीले भने, ‘बढी काम भएकै कारण आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाएका हौ ।’

गाउँपालिकाको कार्यालय रहेको माछाखोलामा विद्युत र इन्टरनेट सेवा नभएपछि केही सयमदेखि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटमा धार्चेले भाडामा कार्यालय संचालन गर्दै आएको छ । होटल भाडामा लिएर सेवा प्रदान गर्दै आएको अधिकारी बताउछन् ।

‘त्यही होटलमा कोभिड लागेका कर्मचारीहरु आइसोलेट भएर बस्नुभएको छ, उहाँहरुले त्यहींबाट काम गरिरहनुभएको छ,’ उनले भने । संक्रमित कर्मचारीहरुको प्रत्यक्ष सम्पर्कमा सेवाग्राही जानु नपर्ने गरी सेवा दिने व्यवस्था मिलाएको उनले बताए । संक्रमित कर्मचारीमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएको उनको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.