Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, कोरोनाका कारण पुनर्निर्माणमा केही ढिलाइ

0 133

२५ असार, काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरसँग लड्न लगाइएको निषेधाज्ञाका कारण काष्ठमण्डप पुनर्निर्माणमा ढिलाइ हुने भएको छ । काष्ठमण्डपको पुनर्निर्माण यही असार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निषेधाज्ञाका कारण आवश्यक पर्ने काठको आपूर्ति बन्द हुँदा काष्ठमण्डप पुनर्निर्माण ढिलाइ भएको बताउनुभयो । ‘निषेधाज्ञाका क्रममा परियोजनाको लागि आवश्यक रुखहरु काट्ने कोही थिएनन् र काठ ढुवानी गर्न पनि कुनै सवारी साधन उपलब्ध भएन,’ शाक्यले भन्नुभयो, ‘यद्यपि अहिले चाहिएको सालको काठको पहिलो लट आइसकेको र निर्माण शुरु भएको छ ।

साथै हामीले अझैं काठ आउने आशा गरेका र्छौं । त्यस पनि हामीले पुनर्निर्माण कहिले पूरा हुन्छ भन्न सक्छौं ।’संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) विश्व सम्पदा सूचीमा रहेको र सातौं शताब्दीमा निर्माण गरिएको काष्ठमाण्ड सन् २०१५ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको थियो ।

मुख्यरुपमा सालका काठबाट बनाइएको यो संरचना भारत, चीन र तिब्बतमा यात्रा गर्ने व्यापारीहरु बस्ने घरहरुमा प्रयोग गरिन्थ्यो । काष्ठमण्डप पुनर्निर्माणको सम्पूर्ण जिम्मा काठमाडौं महानगरपालिकाले गरेको छ । पुरातत्व विभागले करिब चार वर्ष पहिले सम्पूर्ण परियोजनाको लागत १९ करोड ८८ लाख रुपियाँ अनुमान गरेको थियो । ‘अहिलेसम्म काठमाडौं महानगरपालिकाले ११ करोड ५० रुपिर्याँ विनियोजन गरिसकेको छ । गत जुन २८ मा महानगरपालिकाले एक करोड रुपियाँ दिएको थियो ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.