Advertisement

भ्रष्टाचार र महँगीविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा सिट्टी जुलुस प्रदर्शन

0 898

Advertisement

२४ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले भ्रष्टाचार र महँगीविरुद्ध सिट्टी जुलुस प्रदर्शन गरेको छ । उनीहरुले काठमाडौंको माइतीघरलगायत मुलुकका ७७ वटै जिल्लामा विहीबार सिट्टीजुलुस प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिट्टी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए । उनीहरुले सरकारले असंवैधानिक काम गर्दै आएको भ्रष्टाचारलाई प्रश्रय दिएको, मूल्यबृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकार बिरोधी नारा लगाएका थिए ।

प्रतिगमनका विरुद्ध सिट्टी जुलुसको व्यानरमा प्रदर्शन गर्दै उनीहरुले महंगी, भ्रष्टाचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर लगाएका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा बिद्यार्थीहरुले सरकारले प्रतिगमन नसच्चाएसम्म आन्दोलन जारी रहने बताएका थिए । अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले महंगी, भ्रष्टाचार र कुशासनका कारण जनताले दुख पाउनु परेको भन्दै आन्दोलन जारी रहने बताए ।

यस्तै नेपाल विद्यार्थी संघ काठमाडौंले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीविरुद्ध सिट्टी जुलुस प्रदर्शन गरेको छ । विपक्षी गठबन्धनसम्वद्ध ५ विद्यार्थी संगठनले प्रधानमन्त्री कदमविरुद्ध आह्वान गरेको कार्यक्रम अन्तर्गत नेविसंघ काठमाडौं र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा सिट्टी जुलुस प्रदर्शन गरिएको हो ।

उनीहरुले घण्टाघरको सडक नै अवरुद्ध पारेर सरकारबिरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि नेविसंघका महामन्त्री मनोज वैद्यले सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थको मूल्यबृद्धि लगाएतको बिरोधमा प्रदर्शन गरिएको जानकारी दिए । उनले प्रतिगमनविरुद्ध नेविसंघ शसक्त भएर लाग्ने जिकिर गरे ।

प्रतिनिधिसभा विघटनपछि विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनले बिभिन्न चरणमा सरकारबिरुद्ध आन्दोलन गर्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.