नेप्सेमा आज बिहिबार दुई कम्पनीको शेयर सूचीकृत
२४ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा बिहिबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८ सय ७६ दशमलव ७९५ कित्ता शेयर सूचीकृत भएको हो ।