Advertisement

भारतमा ४५ हजार ८९२ सङ्क्रमित थपिए

0 273

Advertisement

२४ असार, एजेन्सी । भारतमा कोरोनभाइरसका ४५ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १८ लाख ९३ हजार ८०० नमूना परीक्षण गरिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ४५ हजार ८९२ सङ्क्रति थपिएका हुन । यसअघि बुधबार मात्र ४३ हजार ७३३ सङ्क्रमित थपिएका थिए । हाल चार लाख ६० हजार ७०४ जना सक्रिय सङ्क्रमित छन् ।

समाचार संस्था एएनआईका अनुसार गएको चौबीस घण्टामा ४४ हजार २९१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ९८ लाख ४३ हजार ८२५ सङ्क्रमित निको भएका छन् ।

बिहीबार चौबीस घण्टामा ८१७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोनाभाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या चार लाख पाँच हजार २८ पुगेको छ । भारतमा हालसम्म ३६ करोड ४८ लाख डोज कोभिड १९ बिरुद्धको खोप लगाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.