गैरकानुनी आयात तथा बिक्रीलाई निरुत्साहन गर्न मोबाइल सेट दर्ता गराउने बढे
२४ असार, काठमाडौँ । सरकारले मोबाइल सेटको गैरकानुनी आयात तथा बिक्रीलाई निरुत्साहन गर्न साउनबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने तयारी गरेको छ । तर, धेरैलाई आफूले चलाइरहेको फोन सेट के हुने हो भन्दै अन्योलता बढेको छ ।
सेवाग्राहीले प्राधिकरणमा सम्पर्क गर्ने र दर्ता गराउने क्रम बढेपछि सिस्टममा समस्या आएको छ । अनावश्यक रुपमा दर्ता गराउनेको संख्या बढेपछि सिस्टममै अवरोध उत्पन्न भएको प्राधिकरणको जिकिर छ । यो प्रणाली पुन: सञ्चालनमा ल्याउन केही समय लाग्ने बताएको छ ।
दुरसञ्चार प्राधिकरणले यसअघि प्रयोगमा आइरहेका मोबाइल सेट दर्ता गर्नुनपर्ने बताएको छ । व्यक्तिगत तवरले आयात भइरहेको सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाएको प्राधिकरणले बताएको छ । अवरुद्ध आइएमइआइ दर्ता प्रणाली समय थप गर्ने उल्लेख छ ।