Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चिनियाँ विद्यार्थीलाई भिसामा कडाई गर्ने ट्रम्प प्रशासनको निर्णयबारे पुनर्विचार गर्न बेइजिङको अमेरिकासँग आग्रह

0 109

२४ असार, बेइजिङ । चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

अमेरिकामा पढ्न चाहने ५०० भन्दा बढी चिनियाँ विद्यार्थीहरूले अमेरिकास्थित चिनियाँ दूतावासलाई पत्राचार गर्दै हालै भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको बताएका चिनियाँ अधिकारीले दावी गरेका छन् ।

यसैबीच चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले विद्यार्थीको गुनासोबारे भन्नुभयो, “अमेरिकी भिसा प्रतिबन्धात्मक उपायहरू अमेरिकाको ’चिनियाँ विद्यार्थीहरुलाई स्वागत’ भन्ने भनाइसँग विरोधाभाषपूर्ण छ ।”

उहाँले थप्नुभयो, “यसले अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पु¥याउँछ र दुइ देशबीचको सामान्य सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोगलाई गम्भीर रूपमा कमजोर पार्छ ।”

तत्कालिन ट्रम्प प्रशासनले लिएको कदमबारे अमेरिकी राष्ट्रपति बाइडेनले पुर्विचार गर्नुहुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.