Advertisement

शीर्ष नेताहरूकाे वार्ता सकारात्मक भएकाे नेताहरूकाे प्रतिक्रिया, बाँकी काम कार्यदलले टुङ्गयाउने

0 646

Advertisement

२४ असार, काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक भएकाले अर्को बैठकमा सहमति गर्नेगरी आजको बैठक सम्पन्न भएको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।

नक्सालस्थित होटल मेरियटमा बुधबार साँझ भएको करिब डेढ घण्टा लामो वार्तामा सो सहमति बनेको दावी गरिएको हो । आजको बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच विषयकेन्द्रित एक्लाएक्लै वार्ता भएको वार्तामा सहभागी नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । एक्लाएक्लै वार्ता सकारात्मक भएको आफूहरुलाई जानकारी प्राप्त भएकाले अर्को बैठकमा पुनः सहमतिको प्रयास जारी राख्ने कुरा भएको उहाँले बताउनुभयो ।

वार्तापछि शुरुमा वरिष्ठ नेता नेपाल बैठक स्थलबाट बाहिरिनुभएको थियो । सोपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली बाहिरिनुभयो । तर उहाँहरुले केही प्रतिक्रिया दिन चाहनु भएन । सहमतिमा विट मार्न बाँकी रहेकाले दुवैजना प्रतिक्रिया दिन तयार नहुनुभएको बुझाई नेताहरुको छ ।

नेता भीमबहादुर रावलले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित भएको वार्ता सकारात्मक भएको जानकारी दिनुभयो । लामो समयदेखि विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो । वार्तालाई जारी राख्ने र अर्को बैठकमा पुनः छलफल गर्ने सहमति बनेको उहाँले बताउनुभयो । बैठक साँझ ८ बजेदेखि ९ः३० बजेसम्म चलेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.