Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ओली र नेपालपछि विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि पुगे मेरियट

0 71

२३ असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीमा उत्पन्न समस्या समाधानका लागि भेटवार्तावश्चात् छलफल सुरु गरिएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताका लागि होटल मेरियट पुगेको केही बेरमा उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेल पनि पुगेका छन् । पाैडेलसँगै सुरेन्द्र पाण्डे पनि बैठक स्थल पुगेका छन् । एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भइरहेका बेला पौडेल र पाण्डे पनि मेरियट पुगेका हुन् ।

यसअघि अध्यक्ष ओलीले नेता नेपालसहित २७ जना नेताहरुलाई स्पष्टिकरण सोधेको भोलिपल्ट अर्थात गत बैशाखमा ८ गते पनि ओली र नेपाल होटल मेरियटमा भेटवार्ता गरेका थिए ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.