Advertisement

नक्कली बुवा बनाएर नेपाली नागरिकता

0 1,055

Advertisement

दोहोरो नागरिताको मुद्दा खेप्ने सिंहको बुवाको पनि दोहरो नागरिकता

२३ असार, विराटनगर । ब्राउन सुगर र दोहरो नागरिकताको मुद्दा खेप्दै आएका भारतीय नागरिक राजकुमार सिंहले नक्कली बुवा बनाएर नेपाली नागरिकता लिएको खुलेको छ ।

नेपाली नागरिकतामा बुवा बनाएका ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको हो।

सुनसरीको धरानमा ब्राउन सुगरसहित पक्राउ परेका राजकुमार सिंह माथि दोहरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको केही दिनपछि उनले नक्कली बुवा बनाएको ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको खुलेको हो।

मंसिर १९ गते सुनसरीको धरानमा ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका सिंह भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको प्रमाण सप्तरी प्रहरीले भारतमा नै गरेर ल्याएको थियो।

सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको पारेको थियो।

सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रासद भारत बिहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले गरेको छ । ग्राम पंचायत राज जिरोगाका मुखिया नुतन कुमारीले सप्तरी प्रहरीलाई उनी भारतीय नागरिक भएको उनको भारतमा दुई छोरा रहेको प्रमाणीत गरेर दिएकी छिन् ।

ठाकुर प्रसाद सिङका भारतमा गजेन्द्र सिंह र अरुण कुमार सिंह दुई छोरा रहेको प्रमाणीत गरेर दिएकी छिन् । गजेन्द्रको भारतीय मतदाता प्रमाण पत्रको क्रमांक ५सय ९० र अरुण कुमार सिङको मतदाता प्रमाण पत्रको क्रमाङ ५८८ रहेको प्रमाणी गरेर दिएकी छन् ।

केहि महिना अगागी प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सिंहलाई दोहरो नागरिकता लिएको पुष्टी भएपछि सप्तरी प्रहरीले करागार वाटै व्यानको लागि सप्तरी ल्याउने तयारी गरेको छ।

सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमारको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसादको नागरिकताको छानबिन सुरु गरेको थियो ।

उनी अहिले सुनसरीको झुम्का कारागारमा पूर्वपक्षको लागि रहेका छन् ।

उनको मुद्दा उच्च अदालत विराटनगरमा विचाराधिन रहेको छ । अदालतबाट ब्राउन सुगर सहित पक्राउ परेको उनीमाथि दोहरो मुद्दा चल्ने भएको हो।

सप्तरी प्रहरी सई जायप्रकाश साहको नेतृत्वमा सिंह भारतीय नागरिक भएको प्रमाण जुटाउन विरपुर पुगेको थियो।

राजकुमार साह स्वर्गीय रामबालक सिंहको चार छोरा मध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिक भएको सबै प्रमाण भेटिएको थियो। सिंह भारतीय नागरिक हुनु र भारतमा पनि उनको आपराधिक पृष्ठभूमी नै रहेको अनुसन्धानबाट खुलेपछि सप्तरी प्रहरी भारतीय प्रहरीसँग सहयोग मागेको थियो। इलाका प्रहरी कार्यालय धरानले बा १५ च ९०८८ नम्बरको स्कारपियोमा रहेका बेला सिंहलाई ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

बिहारको भीमनगरका स्थायी बासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए। पक्राउ परेका सिंहको साथबाट बरामद् भएको उनको सवारीचालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको हो ।

नेपाली नागरिकता नम्बर २-०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालिन पकरी गाविस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमो २÷०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो। सवारीचालक अनुमति पत्रमा ठेगाना तात्कालीन पकरी गाविस २ सप्तरी रहे पनि उक्त ठाउँमा सिंह थरका एकजना पनि नरहेको स्थानीयको भनाइ छ।

ब्राउन सुगरसहित पक्राउ गरिएका तथा सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकताधारी राजकुमार सिंह बिहारको सुपौल जिल्ला अन्तर्गत बसन्तपुर प्रखण्डको भिमनगर पञ्चायतका बासिन्दा रहेको प्रहरीले प्रमाण सप्तरी प्रहरीले भेटेको छ ।

बिहारको भिमनगरमा स्थायी वासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए। उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रवेश गरेका हुन्। नेपाल आएपछि उनले किर्ते नेपाली नागरिकता मात्र बनाएनन्। नेपालमै विवाहसमेत गरेका छन्। उनको यो दोस्रो विवाह हो।

भण्डावारीका कांग्रेस नेतृ तारा पौडेलको छोरी रन्जु पौडेलसँग दोस्रो विवाह गरेका सिंह पछिल्लो समय सुनसरीको इनरुवालाई पछिल्लो पटक कर्मभूमी बनाएर बसेका हुन् । रन्जुसँग विवाह गरेपछि उनले पहिलो श्रीमतीलाई अलपत्र छोडेका छन्।

सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता बनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोले पनि अन्य प्रतिबन्धित व्यवसायसमेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन्। उनले विभिन्न प्रतिबन्धित व्यवसाय गर्दे नेपालमा करोडौंको सम्पति नेपालमा जोडेको समेत खुलेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.