Advertisement

दश लाखको स्वास्थ्य सामग्री सहयोग

0 498

Advertisement

२३ असार, किमाथाङ्का । सङ्खुवासभाको जिल्ला अस्पताललाई रु १० स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण भएको छ । वनहर्ट वल्र्डवाइड संस्थाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला अस्पताल सङ्खुवासभालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

वनहर्ट वल्र्डवाइडले कोभिड–१९ न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले रु १० लाख ६३ हजार ५७९ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । उक्त संस्थाले अक्सिजन कन्सन्ट्रेटर र ब्याट्रीसहित पाँच, भोल्टेज रेगुलेटर दुई, मास्क एक हजार ५००, मल्टीभिटामिन १८ हजार, फेस सिल्ड २४० थान, ग्लोब्स, पिपिईलगायत १६ प्रकारका विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको वनहर्ट वल्र्डवाइड संस्थाका जिल्ला प्रतिनिधि प्रदीप घिमिरेले जानकारी दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वर्षसमेत वनहर्ट वल्र्डवाइड संस्थाले गरेको सहयोग सराहनीय भएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताउनुभयो ।

जिल्लामा चार वर्षदेखि कार्यरत संस्था वनहर्ट वल्र्डवाइडले कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सामग्री सहयोग गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिनुभयो । वनहर्ट वल्र्डवाइडले बर्थिङ सेन्टरको अध्ययन गरेर सामग्री दिनुमा निकै ठूलो भूमिका रहेको समेत उहाँले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले तुलनात्मक रूपमा कोरोना सङ्क्रमितहरू नेपालमा पछिल्लो समय घट्ने क्रममा रहेको बताउँदै विभिन्न दाताले दिएको स्वास्थ्य सामग्रीलाई सही ढङ्गले सदुपयोग गर्नसमेत अनुरोध गर्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.