Advertisement

दोस्रो सेमिफाइनल खेल आज इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्दै

0 684

Advertisement

२३ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ ।

आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् ।

वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

आज हुने खेलमा दुबै टोली जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेका छन् ।

इङ्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

इङ्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।

यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

इङ्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ ।

जसमा इङ्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ ।

किनभने डेनमार्क दोस्रो उपाधि जित्ने लक्ष्यमा छ । त्यसका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ ।

यता, पहिलो उपाधि जित्ने लक्ष्य रहेको इङ्ल्यान्ड आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.