Advertisement

नाओमी ओसाकाले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने

0 347

Advertisement

२३ असार, एजेन्सी (टोकियो) । जापानी टेनिस स्टार नाओमी ओसाकाले आफ्नै देशमा आयोजना हुने टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने भएकी छन्। पछिल्लो समय मानसिक स्वास्थ्यको कारण देखाउँदै विभिन्न प्रतियोगिताबाट नाम झिक्दै आएकी ओसाकाले यसै महिना सुरु हुने ओलम्पिकमा भने सहभागी हुने जनाएकी हुन्।

चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाले यसअघि फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाट नाम फिर्ता लिएकी थिइन्। त्यसपछि उनी विम्बल्डनमा पनि सहभागी भइनन्। २३ वर्षीया ओसाकाले डिप्रेसनका कारण टेनिसबाट केही समय विश्राम लिने बताउँदै आएकी थिइन्। सन् २०१८ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गरेदेखि नै मानसिक रोगको सिकार भएको ओसाकाले बताउँदै आएकी छन्। विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी ओसाकाले ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन्। उनले खेलपछि पत्रकार सम्मेलनमा पनि नियमित रूपमा सहभागी हुने बताएकी छन्।

‘ओलम्पिकका लागि मैले राम्रै तयारी गरिरहेको छु। आफ्नै भूमिमा हुने ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्नु नै मेरो उद्देश्य हो’, २३ वर्षीया ओसाकाले भनेकी छन्, ‘अहिले सारा विश्वको ध्यान ममाथि केन्द्रित भएकाले मैले कसैलाई निरास बनाउन चाहिनँ र प्रतियोगितामा सहभागी हुने निर्णय गरें।’

चार पटकको ग्रान्डस्लाम विजेता ओसाका र ग्रान्डस्लाम आयोजकबीचको फ्रेन्च ओपनका क्रममा विवाद बढेको थियो। विवादकै बीच ओसाकाले मानसिक स्वास्थ्यको कारण देखाउँदै फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी थिइन्। उनलाई पोस्ट् म्याच कन्फरेन्समा सहभागी नभएको भन्दै १५ हजार अमेरिकी डलर जरिवाना पनि गराइएको थियो। चार वटा ग्रान्डस्लामका आयोजकले संयुक्त रूपमा वक्तव्य निकाल्दै ओसाकामाथि थप जरिवाना गरिनु पर्ने र भविष्यमा हुने प्रतियोगितामा सहभागी हुनबाट रोक्नुपर्नेसम्मका चेतावनी दिएका थिए।

कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर सरेको टोकियो ओलम्पिक यही जुलाई २३ देखि सुरु हुँदै छ। अगस्ट ८ सम्म आयोजना हुने टोकियो ओलम्पिकमा ३३ खेलमा ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुँदैछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.