Advertisement

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका अस्पतालमा बढ्नथाले संक्रमित

0 421

Advertisement

२३ असार, काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका अस्पतालहरुमा उपचार गर्न आउने कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । विभिन्न अस्पतालहरुले जनाए अनुसार सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

वीर अस्पतालमा पनि पछिल्लो समय उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ । वीर अस्पतालअन्तर्गतको कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. जागेश्वर गौतमका अनुसार पछिल्लो एक सातालाई हेर्ने हो भने कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो साता सरकारले निषेधाज्ञा खुकुलो बनाउने लग्ने निर्णय गरेका कारण पनि कोरोनका संक्रमितहरुको संख्ष्या बढ्दै गएको हुन सक्ने उहाँको भनाई छ । अहिले आफूहरुसँग ८२ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेको जसमध्ये आईसियूमा २२ जना , भेन्टिलेटरमा चार जना उपचाररत रहेको उहाँले बताउनुभएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार पछिल्लो हप्ता अस्पतालमा उपचार गर्न आउने कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । केहि समय पहिले त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको संख्या ७५ सम्म झरिसकेको भएपनि अहिले ९५ जना संक्रमित पुगिसकेको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, “केहि हप्ता अघि अस्पतालमा कोरोना संक्रमितको संख्या बिस्तारै ओरालो लाग्दै ७५ सम्म झरेको थियो तर पछिल्लो साता निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितहरु बढ्दै गएर ९५ पुगिसकेको छ ।”

यस्तै नर्भिक अस्पतालमा पनि पछिल्लो समय उपचार गर्न आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले पछिल्लो एक हप्तामा उपचार गर्न आउने कोरोना संक्रमितको संख्यामा वृद्धि भएको बताउनुभएको छ । “निषेधाज्ञामा उपचार गर्न आउने कोरोना संक्रमितको संख्यामा केहि कम थियो तर निषेधाज्ञा विस्तारै खुकुलो भएसँगै अस्पताल आउने कोरोना संक्रमितको संख्यामा विस्तारै बढ्दै गएको छ ”उहाँले भन्नुभयो “अहिले हामी कहाँ दिनको दुई जनाको दरले कोरोना संक्रमितहरु उपचारका लागि आउने गर्नुभएको छ । अहिले नर्भिक अस्पतालमा १९ जना कोरोनाका संक्रमितहरु उपचाररत छन् । जसमध्ये १० जनाको अवस्था सामान्य छ भने बाँकी नौ जना आईसियुमा उपचाररत छन् ।

यसैगरी उपत्यकाकै जनमैत्री अस्पतालले पनि पछिल्लो समय अस्पतालमा आउने कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार निषेधाज्ञा खुकुलो भएपछि उपचारका लागि अस्पताल आउने कोरोना संक्रमितहरुमा वृद्धि भइरहेको छ । निषेधाज्ञा कायम रहँदा बिस्तारै अस्पतालमा भर्ना हुन आउने कोरोना संक्रमितको संख्यामा बिस्तारै कमी थिया तर निषेधाज्ञा खुकुलो भएसँगै दिनमा दुई जनाको दरले संक्रमितहरु अस्पताल आउने गरेको प्रशासन स्रोतले जनाएको छ ।

यस्तै उपत्यकाकै पाटन अस्पताल, ह्याम्स अस्पताल,स्टार अस्पताल र ओम अस्पतालले पनि आफूकहाँ उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै गईरहेको जनाएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेका कारण पनि संक्रमण बढेको हुनसक्ने अस्पतालहरुले जनाएका छन् ।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा कृष्णप्रसाद पौडेलले अहिले नै अस्पतालहरुमा धेरै कोरोना संक्रमितको भीडभाड नबढेको दावि गर्नुभएको छ । अहिले सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेसँगै सरकारी अस्पतालहरुमा कोरोना संक्रमितको भीडभाड बढेको हुन सक्ने उहाँको भनाई छ । अहिले कोरोना संक्रमण सरकारको नियन्त्रणमै रहेको उहाँको दावि छ । निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्डको पालना भएन भने कोरोना संक्रमण फेरी बढ्न सक्नेमा उहाँको जोड छ ।

“यदि नागरीकहरुले निषेधाज्ञा सबै खुलेको भन्ने ठानेर हेलचेकक्राई गरे संक्रमण फेरि बढ्छ नै तर अहिले संक्रमण दर पनि २० देखि २५ प्रतिशत भित्र नै रहेकाले धेरै बढेको होईन” उहाँले भन्नुभयो ।सरकारी अस्पतालमा जस्तो अहिले निजी अस्पतालमा कोरोना संक्रमितको चाप नरहेको उहाँको दावि छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.