Advertisement

अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर

0 1,012

Advertisement

२२ असार, काठमाण्डौं । अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।

अहिले फेरि उनले सामाजिक संजालमा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिर ‘बेबी सावर’को रहेको छ । तस्विरका साथ उनले ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।

म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् । यो खबर उनले स्टाग्राममार्फत् सेयर गरेकी थिइन् ।

सो समय श्रीमान्सँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी थिइन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.