Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गोकर्णेश्वर नगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज लगाउन आजदेखि सुरु

0 108

सरोज राई

२२ असार, काठमाडौं । सरकारले जेष्ठ नागरिकहरुलाई कोराेनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि सुरु गरेको छ ।

यँही सन्दर्भमा काठमाडौं स्थित गोकर्णेश्वर नगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले खोप केन्द्रको लागि नेपाल मेडिकल कलेज अत्तरखेल तथा शंखरापुर अस्पतालमा नारायणटारमा व्यवस्था गरेको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखाा अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुले दोस्रो मात्रा लगाउन पाउने छन् । यस नेपाल मेडिकल कलेजका डा. निश्चल ढकालका अनुसार दिउँसो १ बजे सम्म ३५० भन्दा बढिले खोप लगाएको जानकारी दिनुभयो ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको पहिलो डोज लगाएका ज्येष्ठ नागरिक ३ लाख ७० हजार रहेका छन् । त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर समूहका नागरिकलाई पनि दोस्रो डोज दिइने छ ।

नेपालमा अहिले खोप लगाउने उमेर समूहका २ करोढ ९ लाख जनसंख्या छ । तर सबै नागरिकको लागि खोप व्यवस्थापन गर्न सरकारले सकेको छैन ।

अबको एक महिनाभित्र झण्डै ५० लाख डोज खोप चिन र अमेरिकाबाट आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.