Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नीति तथा योजना आयोग सदस्यमा अधिकारी

0 47

२२ असार, गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा सुवास अधिकारी नियुक्त हुनुभएको छ । अधिकारीलाई आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले सोमबार सपथ गराउनुभयो ।

आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराउनुभएको हो ।

सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, मन्त्रालयका सचिव लगायत सहभागी हुनुहुन्थ्यो । अड्तीस वर्षीय अधिकारीले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि गर्नुभएको छ ।

उहाँले भारतको बैङ्गलोर युनिभर्सिटीबाट माइक्रो बायोलोजीमा स्नातक गर्नुका साथै युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सिलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्डसमेत प्राप्त गर्नुभएको छ । अधिकारीले जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभागमा प्रमुखको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.