ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश
२२ असार, एजेन्सी । साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
सोमबार बिहान भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।
ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।
नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।
दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।
नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ ।
ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।