Advertisement

युरोकप – २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ

0 924

Advertisement

२१ असार, काठमाडौँ । युरोकप – २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ परेका छन् ।

घटना विवरण :-

हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा यस महानगरीय अपराध महाशाखाबाट मिति २०७८।०३।२१ गते खटिएको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट Online Betting गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरि पक्राउ । पक्राउ परेका निज व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको छ ।

साथै त्यसरी बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा IME बाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

पक्राउ परेका व्यक्तिहरु :-

१.जिल्ला काठमाण्डौ का.म.न.पा.४ सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान ।
२.जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१९ ढोकाटोल बस्ने बर्ष ४७ को जिवन लामा ।
३.जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.७ घर भई हाल का.जि.कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल ।
४.भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल का.जि कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता ।
५.जिल्ला चितवन खैरहनी न.पा.वडा नं.५ टरौली घर भई हाल का.जि.धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य ।
६.भारत हरियाना विवरनी जिल्ला घर भई हाल का.जि. इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल ।
७.भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल का.जि. क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल ।
८.जिल्ला मोरङ बिराटनगर नगरपालिका वडा नं. ७ घर भई का.जि. मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता ।

मिति २०७८/०३/२१ गते ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.