Advertisement

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ (FNGSGJA) बीच सहकार्य

0 628

Advertisement

२१ असार, काठमाडौं । ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ। महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारस राज कंडेल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तर्फबाट महासंघका अध्यक्ष श्री रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ। यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ATM वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.