Advertisement

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३१ जना पक्राउ

0 495

Advertisement

 २० असार, काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-७ फुटुङ्ग स्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ८ सय ५५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ बस्ने कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ दहचोक बस्ने ३६ वर्षीय किशोर बखती लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक तास सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरी स्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय कर्मा गुरुङ्ग लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २२ हजार १ सय ३० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), देवचुली नगरपालिका-१७ कुजौली बस्ने ३९ बर्षीय जीतलाल थनेतको खाजा घरमा तास खेलिरहेको अवस्थामा थनेत लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको खाजा घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.