Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने

0 82

२० असार, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको छ । प्रतिऋणपत्र रू. १ हजार अंकित दरको “८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८” नामको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो ।

कुल कित्तामध्य रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ताभने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

यो ऋणपत्र खरिदका लागि असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म ऋणपत्र विक्री खुला गर्ने मिति समेत बैंकले तय गरेको छ ।

यो ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरिदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी प्लस” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले बैंक समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्ययम सुरक्षित अवस्थामा रहेको समेत संकेत गर्दछ । ्


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.