Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोपा अमेरिका अपडेट : अर्जेन्टिना तथा कोलम्बिया समीफाईनलमा प्रवेस

0 78

२० असार, एजेन्सी । आईतबार विहान भएको कोपा अमेरिका फुटबल अन्तर्गत क्वाटरफाइनल खेलमा खेल जित्दै अर्जेन्टिना तथा कोलम्बिया समीफाईनलमा प्रवेस गरेका छन् ।

मेस्सी प्रेरित अर्जेन्टिनाले कोपा अमेरिका फुटबल इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो । भने कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।

अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान एक एक गोल गरे ।

मेस्सीको पासमा ४० औं मिनेटमा पलको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मार्टिनेजले ८४ औं मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनालाई जिततर्फ डोर्याएका थिए ।

पहिलो क्वाटरफाईनल खेलdf कोलम्बिया तथा उरुग्वे विच निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

जसमा कोलम्बियाले ४–२ ले विजयी रह्यो । उरुग्वेका जोसे जिमिनेज र मार्टिया भिना गोल गर्न असफल रहे । इडेन्सन काभानी र लुईस स्वारेजले गोल गरेका थिए ।

डेविड ओस्पिनाले दुई महत्वपुर्ण पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई स्तब्ध बनाएका थिए ।

कोलम्बियाले फाईनल प्रवेशका लागि अर्जेन्टिना संग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आईतवार बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।

यस संकरणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।

ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १-० ले हराएको हो । पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।

सेमिफाइनल तालिका :

मंगलबार बिहान ४:४५ बजे – ब्राजिल विरुद्ध पेरु

बुधबार बिहान ६:४५ बजे – अर्जेन्टिना विरुद्ध कोलम्बिया


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.