Advertisement

गोलरक्षक सिमोन बने ‘स्टार अफ द म्याच’

0 674

Advertisement

१९ असार, काठमाडौं । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दा टाइब्रेकरमा दुई पेनाल्टी विफल पारेका स्पेनका गोलरक्षक उनाइ सिमोन ‘स्टार अफ द म्याच घोषित भएका छन् । युरोकप २०२० अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।

खेल स्पेनले जित्दा गोलकिपर उनाई सिमोन नायक बने । उनले दुई पेनाल्टी बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।

पेनाल्टी सुटआउटलाई छाड्ने हो भने स्वीटजरल्याण्डका गोलकिपर यान सोमेरले उत्कृष्ट प्रदर्शन गरेर धेरैको मन जिते । नियमित कप्तान ग्रान्ट जाका लगातार दुई पहेँलो कार्डका कारण स्पेनविरुद्ध खेल्न पाएनन् । उनको सट्टा जर्दान साकिरीले स्वीस टोलीको कप्तानी गरे ।

सिमोनले राष्ट्रिय टिममा खेल्न थालेको एक वर्ष पनि भएको छैन । उनलाई गत वर्ष नोभेम्बर ११ मा प्रशिक्षक लुइस एनरिकेले नेदरल्याण्ड्स विरुद्धको खेलमा डेब्यु गराएका थिए ।
साकिरीको ठाउँमा ८१ औं मिनेटमा डिजबिल सो मैदान प्रवेश गरेपछि उनै गोलकिपर सोमेरले कप्तानी आर्मब्याण्ड लगाएका थिए । खेलमा स्पेनले धेरै अट्याक गर्‍यो र स्वीस गोलकिपर सोमेरले धेरै प्रहार गोल हुनबाट रोके ।

करिब दुई घण्टा चलेको खेलमा स्पेनले स्वीटजरल्याण्डको पोस्टको दिशामा कूल २७ प्रहार गरेको थियो । अनि स्वीस गोलकिपरले १० वटा बल रोकेका थिए ।

स्पेनका गोलकिपर उनाई सिमोनले निर्धारित समयमा एउटा र अतिरिक्त समयमा एउटा बल रोकेका थिए । तर उनको मूल्यांकन भने पेनाल्टी सुटआउटमा हुन पुग्यो ।

१२० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो । यान सोमेरको उत्कृष्ट बचाउले गर्दा धेरैले पेनाल्टी सुटआउटमा स्वीस टोली सफल हुने अनुमान गरेका थिए ।

तर खेल अनुमान विपरीत भयो । स्पेनका गोलकिपर उनाई सिमोनले स्वीट्जरल्याण्डका चारमध्ये दुई खेलाडीको पेनाल्टी रोकिदिए । स्पेनका कप्तान सर्जियो बुस्केटले सुरुमै पोष्टमा प्रहार गर्दा स्वीट्जरल्याण्डलाई फाइदा पुगेको थियो । तर उनाई सिमोनले फाबियन सार र म्यानुएल अकान्जीको पेनाल्टी रोक्दै स्पेनलाई जीतसम्म पुर्‍याए ।

स्पेनका लागि मिकेल ओजाबायलले निर्णायक मानिएको पाँचौ पेनाल्टी गोल गरे ।

२४ वर्षीय गोलकिपर सिमोनले युरोअघि स्पेनका लागि ७ खेल मात्र खेलेका छन् ।

एथ्लेटिको विल्वाओबाट ला लिगा खेल्ने सिमोनले युरोकपमा पहिलो रोजाईमा खेल्दै आएका छन् । उनले लगातार ५ खेल खेले । एकरुपको प्रदर्शन नभएपनि उनले क्वार्टरफाइनलमा स्वीट्जरल्याण्ड विरुद्ध भने निर्णायक मोडमा आफ्नो क्षमता देखाए । युरोअघि पोर्चुगलविरुद्ध मैत्रीपूर्ण खेलमा पनि उनले पूरै समय खेलेका थिए ।

सिमोनले राष्ट्रिय टिममा खेल्न थालेको एक वर्ष पनि भएको छैन । उनलाई गत वर्ष नोभेम्बर ११ मा प्रशिक्षक लुइस एनरिकेले नेदरल्याण्ड्स विरुद्धको खेलमा डेब्यु गराएका थिए ।

क्लबमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला एनरिकेले सिमोनलाई पूरा समय खेलाएका थिए । त्यसपछि उनले २०२० मै युइएफए नेसन्स लिगमा स्वीट्जरल्याण्ड र जर्मनीविरुद्ध पूरा समय खेले ।

२०२१ मा विश्वकप छनोट अन्तर्गत ग्रीस, जर्जिया र कोसोभो विरुद्ध पनि उनले पूरा समय मैदानमा बिताएका थिए ।

सिमोनले डेब्युयता स्पेनले कूल १३ खेल खेल्दा उनले लिथुअनिया विरुद्धको खेल मात्र गुमाएका छन् । युरोअघि कप्तान सर्जियो बुस्केटलाई कोरोना संक्रमण भएपछि स्पेनको टिमका अन्य सदस्य आइसोलसेनमा बसेको थियो र स्पेनले लिथुअनिया विरुद्ध यू २१ का खेलाडी खेलाएको थियो ।

सिमोनको क्लब करियरको सुरुवात पनि नाटकीय छ । सन् २०१८ मा एथ्लेटिको विल्वाओका पहिलो रोजाईको गोलकिपर केपा अरिजाबालाग चेल्सी लागे । दोस्रो रोजाईका गोलकिपर आएगो हेरेरिन पनि घाइते भए । त्यसपछि विल्वाओले सिमोनलाई टिममा राख्यो । सिमोन भन्दा अघि अझै अर्का गोलकिपर एलेक्स रेमेरो थिए ।

तर त्यसको पाँच दिनपछि नै सिमोनले लेगानेसविरुद्ध ला लिगामा डेब्यु गरे । उक्त खेल विल्वाओले २-१ ले जित्यो । उनले आफ्नो तेस्रो खेलमै रियल मड्रिडसंग खेल्न पाए । उक्त खेल १-१ को बराबरीमा सकिँदा सिमोनले केही राम्रा बचाउ गरे र खेलको म्यान अफ दि म्याच नै बनेका थिए ।

जब हेरेरिन फिट भए तब उनले सुरुवाती रोजाईँमा खेल्न थाले । तर २०१९ देखि भने सिमोनले क्लबमा नम्बर वान गोलकिपरको रुपमा खेल्दै आएका छन् । जसले उनलाई स्पेनको राष्ट्रिय टिमसम्मको यात्रा तय गराउन महत्वपूर्ण भूमिका खेल्यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.