Advertisement

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

0 806

Advertisement


१९ असार, एजेन्सी । बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै रोमान्चक खेल खेलेका थिए । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले दुई सानदार बचाउ गर्दै खेलमा कायम राखे । त्यसअघि इटालीका लिओनार्डो बोनुचिले गोल गरेपनि रेफ्रीले भीएआरको सहयोग लिँदै उक्त गोललाई मान्यता दिएका थिएनन् । तर इटालीले त्यसपछि खेलमा दबाब कायम गर्दै २ गोलको गर्दै अग्रता लियो । इन्ज्युरी समयमा बेल्जियमले पेनाल्टीमा एक गोल भने फर्कायो ।

दोस्रो हाफमा बेल्जियमल गोल गर्नका लागि सुवर्ण अवसर सिर्जना गरेपनि रोमेलु लुकाकुले बिर्सनलायक प्रदर्शन गर्दा बराबरी गोल हुन सकेन । लुकाकुले दुई सुन्दर अवसरमा सहज प्रयास गर्नबाट चुक्दा इटालीको अग्रता कायम रहेको थियो । बेल्जियमले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोलको अवसर सदुपयोग गर्न नसक्दा खेल गुमाउन पुग्यो ।

खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सको चुनौती चिर्दै शक्तिशाली प्रहारमा गोल गरेका थिए । मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा राखेर डिफेन्सलाई बिट गरेपछि उनको प्रहार गोल भएको थियो ।

४४ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे । मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिएपनि बचाउन सकेनन् ।

इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई खेलमा कायम नै राखे । इटालीका डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा लुकाकुले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई विपरित दिशामा पठाउँदै गोल गरे ।

दोस्रो हाफको ६१ औं मिनेटमा लुकाकुले गोललाइन नजिकबाट गोल गर्न सकेनन् । डोकुले दिएको पासमा डे ब्रुएनको लो क्रसलाई लुकाकुले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार डिफेन्डर लिओनार्डो स्पिनाजोलालाई लाग्दै फर्केको थियो । उक्त रिबाउन्डमा लुकाकुले बायाँ खुट्टा चलाउन नसक्दा बेल्जियम बराबर गर्नबाट चुक्यो ।

७० औं मिनेटमा नासेर चाडलीको क्रसमा लुकाकुले हेडर सम्पर्क गराउन सकेनन् । उनको पछि रहेका थोर्गन हाजार्डको प्रहार पनि पोस्टमा रहन सकेन । ७६ औं मिनेटमा लुकाकुको प्रहारलाई रोक्दै जर्जिन्होले इटालीको अग्रता जोगाए । यससँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३२ खेलमा पुर्याएको छ । बेल्जियमले भने १४ खेलपछि हारको सामना गरेको हो । इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.