मोटरसाइकल चोरीमा संलग्न ८ जना पक्राउ, वर्कसप सञ्चालकहरू नै मोटरसाइकल चोरीका मुख्य योजनाकार!

0 819

१८ असार, दाङ दाङ्ग प्रहरीले १५ थान चोरिको मोटरसाइकल बरामद गरि चोरीमा संलग्न १३ जनालाई हिजो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय घोराहीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दाङबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पा र प्युठान लगायतका जिल्लामा लगेर स्वरूप परिवर्तन गरी विक्री-वितरण कार्यमा संलग्न आठ जनालाई प्रहरीले सार्वजनिक गरेकाे हाे । जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हाे । दाङबाट महँगा मोटरसाइकल चोरी गरी रोल्पा र प्युठानमा लगेर स्वरूप परिवर्तन गरी बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले चोरी कार्यमा मोटरसाइकल वर्कसप सञ्चालकहरूको मुख्य बदमासी देखिएको बताउनुभयाे । ‘जिल्लामा मोटरसाइकल वर्कसप सञ्चालन गर्नेहरूले नै चोरी कार्यका लागि पैसा दिएर पठाउने र चोरीका मोटरसाइकलहरूको स्वरूप परिवर्तन गरी विक्री गर्ने गरेको तथ्य उजागर भएको छ,’ एसपी काफ्लेले बताउनुभयाे, ‘चोरीको बाइकसहित एक जना पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रहरी वर्कसप सञ्चालकको बदमासी पत्ता लगाउन सफल भएको हो ।’ मोटरसाइकल चाेरी कार्यका संलग्न गिरोह नै पक्राउ परेको हुँदा अबदेखि दाङ तथा आसपासका जिल्लाहरूमा हुने चोरी रोकिने उहाले आशा व्यक्त गर्नुभयाे ।

यही असार १५ गते बिहान २ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १४ निमाहल रोडबाट रा ५ प ४४९६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरी लैजाने क्रममा रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. ५ का २५ वर्षीय नुमबहादुर रोका क्षत्री र २४ वर्षीय हिराबहादुर विष्ट मोटरसाइकलसहित पक्राउ परेपछि अनुसन्धान गर्दै प्रहरीले चोरी कार्यमा संलग्न गिरोह नै पत्ता लगाउन सफल भएको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले उनीहरू पक्राउ परेपछि अनुसन्धानबाट रोल्पाको सुलिचौरमा ग्लोबल बजार सर्भिस सेन्टर सञ्चालन गर्दै आएका २८ वर्षीय श्रीताज अली पक्राउ परेको जानकारी दिए। अली चोरीका मोटरसाइकल ५० हजारसम्म मूल्य हालेर खरिद गर्ने र मोटरसाइकल चोरी कार्यका लागि गिरोह समेत परिचालन गर्ने प्रमुख व्यक्ति रहेको डिएसपी रिजालले पत्रकार सम्मेलनमा बताए।

रोल्पाको लुङ्ग्री गाउँपालिका ४ का २६ वर्षीय लेखनाथ विष्टले श्रीताज अलीसँग चोरीका मोटरसाइकलका लागि रकम प्राप्त गरी नाफा खाएर विक्री गर्दै आएको अनुन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, लुङ्ग्री ५का २५ वर्षीय टेकेन्द्र विष्टले लेखनाथ विष्टबाट रकम प्राप्त गरी बीचमा नाफा खाएर चोरी कार्यका लागि मानिसहरू परिचालन गर्ने गरेका थिए।

विष्टबाट लुङ्ग्री ६ का २६ वर्षीय नुमबहादुर रोका क्षत्री, २२ वर्षीय हिराबहादुर विष्ट र दाङको गढवा गाउँपालिकाका विवेक भनिने सुरज चौधरीले एउटा मोटरसाइकलका लागि दश हजार रकम लिएर चोरी कार्यमा खटिने गरेको डिएसपी रिजालले बताए । क्षत्री र विष्ट पक्राउ परे पनि चौधरी भने फरार छन्।

त्यस्तै, असार १४ गते घोराही १५ नापी कार्यालय अगाडि पार्किङ गरिराखेको सुबोध आचार्यको रा ३ प ८५६९ नम्बरको २२० पल्सर मोटरसाइकल चोरी भयो।

उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक व्यक्ति कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा प्रहरी टोलीले छिमेकी देश भारतको जिल्ला बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक पक्राउ गर्न सफल भयो । सोधपुछका क्रममा चोरीको मोटरसाइकल भएको तथ्य प्रहरीले फेला पार्‍यो।

अनुसन्धानका क्रममा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ जलुकेमा थापा अटो पार्ट्सका सञ्चालक २४ वर्षीय ठगिराम थापाले नै रफिकलाई चोरी कार्यमा परिचालन गरेको खुल्न आयो।

थापाले चोरीको मोटरसाइकलहरू खरिद विक्री गर्ने गरेको तथ्य फेला परेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ। रफिकसँगको भेटपछि दाङ घोराही १९ का १९ वर्षीय जोबद खान पनि मोटरसाइकल चोरी कार्यमा संलग्न रहँदै आएका थिए। उनीहरू मिलेर दाङका विभिन्न स्थानबाट विभिन्न समयमा मोटरसाइकल चोरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले तीबाहेक थप ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको भए पनि सवारी साधनको धनी पहिचान नभएको हुँदा सम्पर्क गर्न आग्रह गरेको छ। मोटरसाइकल नम्बर, इन्जिन नम्बर, च्यासिस नम्बर, कम्पनी र सिसी समेत प्रहरीले सार्वजनिक गरी सम्बन्धित व्यक्तिलाई सम्पर्कमा आउन तथा मोटरसाइकल लैजान आग्रह गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.