Advertisement

अवरुद्ध कर्णाली करिडोर खुला

0 730

Advertisement

१८ असार, कर्णाली कर्णाली करिडोरअन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ ।

निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो । कर्णाली करिडोरमा आएको सुक्खा पहिरो आज बिहान पन्छाएपछि करिडोर खुलेको र यातायातका साधन चल्न थालेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो ।

“कर्णाली राजमार्ग अवरुद्ध भएको करीब १२ दिनपछि खुला भएको छ”, उहाँले भन्नुभयो, “वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो । कर्णाली राजमार्गको भौरेकुना सुक्खा पहिरो सेना, प्रहरी र स्थानीयवासीको पहलमा खुला गरिएको छ ।” लगातारको वर्षाका कारणले कर्णाली करिडोर १२ दिनदेखि नै अवरुद्ध रहेको थियो । कर्णाली करिडोर कालीकोटको खुलालु–हुम्ला सडकमा वर्षातका कारणले पहिरो जाँदा अवरुद्ध भएको थियो ।

कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुरा जिल्लाको करिडोरको सडकखण्डमा पहिरो गएको थियो ती सबै ठाउँका पहिरो पन्छाएको नेपाली सेना कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.