Advertisement

युरोकप अपडेट: स्पेनलाई स्विट्जरल्यान्डको चुनौती

0 272

Advertisement

१८ असार, एजेन्सी । १६ औं युरोकपको २०२० को पहिलो क्वाटरफाइनलमा स्पेनले स्विट्जरल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल भएक थियो ।

स्विस फुटबल इतिहासकै सर्वोत्कृष्ट नतिजापछि टोली अब नयाँ इतिहास कोर्न आतुर छ । पहिलो खेलमा इटालीसँग ३-० ले हारेयता टोलीले सुधारिएको प्रदर्शन गरेको छ ।

यता स्पेन क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै राउन्ड अफ १६ पार गर्न सफल भएको थियो । एक समय ३-१ को अग्रता लिएर पनि अतिरिक्त समयमा खेल धकेल्दा भने स्पेनको डिफेन्समा कमजोरी देखिएको थियो । सुरुवाती दुई खेलमा बराबरी खेलेको स्पेनले पछिल्लो दुई खेलमा ५-५ गोल गरेको छ । युरोमा लगातार २ खेलमा ५ गोल गर्ने टोलीको कीर्तिमान बनाएको स्पेन सोहि लयलाई कायम राख्न चाहन्छ ।

स्पेन र स्विट्जरल्यान्ड युरोमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । यसअघि विश्वकपमा भने यी दुई टोलीले तीन पटक खेल्दै स्पेनले दुई तथा स्विट्जरल्यान्डले एक जित हासिल गरेको थियो । सन् २०१० को विश्वकपमा स्विट्जरल्यान्डले समूह चरणमा स्पेनलाई हराएपनि टोली उपाधि जित्न सफल रहेको थियो । समग्रमा स्पेनले २२ खेलमा स्विट्जरल्यान्डसँग बेहोरेको त्यहि एक हार हो । बाँकी १६ खेलमा जित र ५ खेल बराबरीमा सकिएको छ ।

स्विट्जरल्यान्डले पछिल्लो दुवै खेलमा ३-३ गोल गरेको छ । फरवार्ड हरिस सेफेरोभिचले २ खेलमा ३ गोल गर्दै प्रभाव जमाएका छन् । यता स्पेनले लगातार दुई खेलमा ५-५ गोल गरेको छ । त्यसअघि ४२ खेलमा स्पनेले ४ गोल भन्दा बढी गर्न सकेको थिएन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.