गोकर्णेश्वर युवा समूहद्वारा सिन्धुपाल्चोक मेलम्ची तथा हेलम्बु बाढी पहिरो पिडितलाई सहयोग

1 1,390

लक्ष्मण फुयाल
१७ असार, काठमाडौं । सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको गोकर्णेश्वर युवा समूहद्वारा केही समय अगाडि बाढिले तहसनहस भएको सिन्धुपाल्चोक जिल्ला स्थित मेलम्ची तथा हेलम्बुका बाढी पहिरो पिडितहरुमा केही मलम लगाउदै सहयोग गरेका छन् ।

यस समूहले कोरोनाको दोस्रो कहरको समयमा गोकर्णेश्वर नगरपालिकामा कोभिड १९ रोकथामका लागि माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङ कार्यक्रम सम्पन्न गरेको थियो ।

सिन्धुपाल्चोकको हेलम्बु-१ भेमाथाङ्ग चौर र पाँचपोखरी थाङ्गपालको याङ्रि लार्केमा गएको पहिरोको कारण आयको बाढीले अकल्पनीय क्षति पुर्‍याएको हामी सबैमा अवगतनै छ। Covid-19 को आक्रांतले त्रसित हाम्रो समाजलाई सिन्धुपाल्चोकको उक्त घटनाले अझ दुखि र मर्माहत बनाएको गोकर्णेश्वरका युवा समूह तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविण घिमिरेले बताउनुभयो । यस विषम परिस्थितीमा हामीले मेलम्ची तथा हेलम्बु गाउँपालिकामा केही राहात वितरण गरेको जानकारी दिनुभयो ।

मेलम्ची क्षेत्रमा स्थानीय व्यक्तीहरुले आपतकालीन उद्वार समिति गठन भएको रहेछ । यस समितिको संयोजन रुपमा सागर श्रेष्ठले गर्नु भएको रहेछ । समितिले मेलम्चीमा रहेका घरहरुबाट बालुबा, ढुङ्गा लगायतका निकाल्ने काम भैरहेको अवस्थामा हामीले उक्त कार्यमा सहयोग गर्न विभिन्न सामानहरु संयोजक सागर श्रेष्ठलाई ह्याम्वर, साबेल , बेल्चा तथा गाडा लगायतको सामान हस्तान्तण गरेको घिमिरे बताउनुभयो ।

गोकर्णेश्वर युवा समूहद्वारा सहयोग उपल्वध गराउदै

साथै युवा समूहले हेलम्वु गाउँपालिकामा पनि सहयोग हस्तारन्तरण गरेको युवा सूहका सदस्य सुजन तिमिल्सीनाले बताउनुभयो । हामीले राहात सामाग्री हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई खानेपानीका पाइप, त्रिपाल र जस्तापाता सामान हस्तान्तरण गरेका छौ । यस गाउँपालिकाले राहत एकै ठाउँमा संकलन गरि वितरण व्यवस्था मिलाएको रहेछ उनले भने ।

यस सामाग्री वितरण कार्यक्रमा विशेषरुपमा सहजकर्ताका रुपमा स्थानीय राजकुमार भण्डारीले सहयोग गरेको घिमिरेले भने ।

बाढीले सर्वस्व बगाएका हेलम्बु गा.पा. भित्र पर्ने मेलम्ची खोला आसपासका १४१ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन्। विभिन्न व्यवसाय सञ्चालक १०० को हाराहारीमा विस्थापित भएका छन्। भौतिक पुर्वाधारहरु सडक,पुल,भवन,खानेपानी पुर्ण रुपमा क्षतिग्रस्त भएको छ। ( य‍ो विवरण हेलम्बु गा.पा को मात्र हो)

जस्तापाताको व्यवस्थापन गर्दै युवा समूह

उक्त कार्यक्रममा गोकर्णेश्वर युवा समूहका सदस्यहरुमा प्रविण विक्रम सिलबाल, रुपेश सुनाबार, सुजन तिमिल्सीना , कमल श्रेष्ठ, सुर्य लामा, अमित तिवारी, सविन तिवारी लगायत कार्यक्रमा उपस्थित रही सामाजिक कार्यमा सहभागि जनाउनुभएको थियो ।

हामीले हेलम्बुका स्थानीय बासिन्दा,स्थानीय निकाय र विभिन्न सम्पर्कबाट प्राप्त सुचनाका आधारमा वास्तविक पिडितको घाउमा मलम लगाउन चालेको यो कदममा सहयोग विभिन्न ब्यक्ति,संस्था तथा साथीहरुले हामीलाई सहयोग उपल्वध गराउनुभएको थियो ।

यस अभियानामा विशेष रुपमा हाम्रो सहयोग अभियान तथा चामुण्डा पूर्व विद्याथी मञ्चका अध्यक्ष कुमार राज सुवेदीले विशेष सहयोग तथा सहकार्य गर्नभएको थियो ।

साथै यस गोकर्णेश्वर नगरपालिका नारायणटार निवासी संजय तामाङले पनि यस सामाजिक कार्यमा विशेष रुपमा सक्रिय मूमिका निर्वाह गर्नु भएको र यस गोकर्णेश्वर नगरपालिका स्थित नारायणटार जोरपाटिका विदेशमा रहनुभएको व्यक्त्तिहरुले पिडितको घाउमा मलम लगाउन विशेष रुपमा आर्थिक सहयोग उपल्वध गराएका थिए । सामाजिक कार्यमा विशेष रुपमा सक्रिय मूमिका निर्वाह गर्ने सवै सहयोगी दाताहरुमा युवा समूहका प्रविण घिमिरे आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.