Advertisement

तीन दिन सिभिल बैंक को एटिएम सेवा अवरुद्द हुने

0 394

Advertisement

१५ असार, काठमाडौ । तीन दिन सिभिल बैंकको एटिएम सेवा अवरुद्द हुने भएको छ । बैंकले सूचना जारी गर्दै एटिएम स्विच अपग्रेड गर्न लागेकोले ३ दिन एटिएम सेवा बन्द हुने जनाएको हो ।

बैंकको एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले २०७८ आषाढ १६ गते, साँझ ५:०० बजे देखि २०७८ आषाढ १८ गते बिहान ५:०० बजे सम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने जनाएको हो ।

त्यस्तै सो मिति पश्चात एटिएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले २०७८ आषाढ १८ गते देखि २०७८ आषाढ मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने बैंकले उल्लेख गरेको छ ।


सो अवधिमा यस बैंकको एटिएम कार्ड हिमालयन बैंक लिमिटेडको एटिएम टर्मिनलहरुबाट निर्वाध रुपमा निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ । अन्य स्वदेशी वित्तीय संस्थाहरुको एटिएम टर्मिनलहरुबाट पनि उक्त सेवा बढीमा चारपटक सम्म निःशुल्क उपभोग गर्न सकिने बैंकले जानकारी गराएको छ।साथै बैंकको कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैंकले जनाएको छ।

थप जानकारीका लागि नजिकको शाखामा अथवा बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नं ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.